MENU

अस्ट्रेलिया र न्युजिल्याण्डबीच क्वारेन्टिन फ्रि हवाई यात्रा

Australia-New Zealand quarantine-free travel bubble came into effect from Monday 19 April 2021

सिड्नी । सोमबार १९ अप्रिलदेखि हजारौ हवाई यात्रुले बिना क्वारेन्टिन तास्मन सागर माथि यात्रा गरिरहेका छन् ।

अस्ट्रेलिया र न्युजिल्याण्डका सरकार प्रमुखहरु “क्वारेन्टिन फ्रि ट्राभल बबल” मा सहमत भएपछि सोमबार बिहान पहिलो उडान सिड्नीबाट न्युजिल्याण्डको वेलिङ्टनका लागि भएको थियो ।

दुबै देशमा लामो समय सम्म समुदायमा कोरोना भाइरसको कुनै संक्रमण नदेखिएपछि क्वारेन्टिन फ्रि हवाइ यात्रा शुरु भएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने यो दुबै देशका लागि खुशीको कुरा हो । दुबै देशले कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्न भबिष्यमा पनि सहकार्य गर्नु पर्ने प्रधानमन्त्री मरिसनको भनाई रहेको थियो ।

झण्डै एक बर्ष भन्दा लामो समयपछि आफन्त भेट्न हतारिएका यात्रुहरु सिड्नी एअरपोर्टमा निकै हर्षित देखिन्थे । कोरोनको खोप नलगाएपनि क्वारेन्टिन फ्रि ट्राभल बबल अन्र्तरगत दुबै देशका नागरिकहरु एक अर्काका देशमा यात्रा गर्न सक्नेछन् ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाले सेप्टेम्बर भित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने