MENU

अस्ट्रेलियाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न ७० लाख डलर सहयोग गर्नै

AUSTRALIA PROVIDES COVID-19 SUPPORT TO NEPAL File Photo: CARE Australia

सिड्नी । आफ्नो देशमा कोभिड १९ नियन्त्रणमा सफलता हात पारेको अस्ट्रेलियाले नेपालाई कोभिड विरुद्ध लड्न ७० लाख बराबरको स्वास्थ्य सामाग्रि उपलब्ध गराउने भएको छ ।

अस्ट्रेलियन एड मार्फत दिईने उक्त रकम नेपाल स्थित संयुक्त राष्ट्रसंघीय निकाय र अस्ट्रेलियन परियोजनासंग साझेदार संघसस्थासंग समन्वयन गरि उपलब्ध गराइने अस्ट्रेलियन सरकारले जनाएको छ ।

अस्ट्रेलियाकी परराष्ट्र मामिला सम्बन्धी मन्त्री मरिस् पेअन र अन्तरष्ट्रिय बिकास र प्रसान्त क्षेत्र मामिला सम्बन्धी मन्त्री जेड से सेल्जाले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, “कोभिड प्रभावित एशियाका नेपाल सहित बंगलादेश र श्रीलंकालाई पनि सहयोग गर्नै छौ।”

अस्ट्रेलियाले नेपालाई मेडिकल सामाग्री खरिदका लागि उपलब्ध गराएको ७० लाख डलरले अक्सिजन, भेन्टिलेटर, पीपीई र कन्ट्याक्ट ट्रेसिङका उपकरणहरु किन्नुपर्नै छ । साथै यो रकम कोभिड नियन्त्रणमा उपयोगिहुने तालिमा संचालनका लागि पनि खर्च गरिने छ ।

अस्ट्रेलियामा रहेका नेपाली दुतावास, महाबाणिज्य दुतको कार्यालयहरु, गैर आवासयि नेपाली संघ र समुदायिक संस्थाहरुले यहाँका राजनीतिज्ञहरुलाई सम्पर्क गरेर नेपालमा सहयोग गर्न आग्रह गरेका थिए ।

अस्ट्रेलियाको पुरानो नेपाली सामुदायिक संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएन ले प्रधानमन्त्री, बिदेशमन्त्री, मन्त्रीहरू, नेपाल अस्ट्रेलिया संसदिय समुहका सह अध्यक्षहरु र स्थानिय संसदहरुलाई नेपालमा सहयोगको आग्रह गरेर पत्र लेखेको थियो ।

यस्तै फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियसन फेन्का, साउथ वेस्ट सिड्नी नेप्लिज कम्युनिटि लगएतले सहयोगको आग्रह गरेर प्रधानमन्त्रीलाई पत्र लेखेको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको संघिय बजेट २०२१ः तपाईको लागि के के कुरा महत्वपूर्ण छ ?