सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स स्थित बेसाइड काउन्सिलको पुस्तकालयमा नेपाली समुदायलाई लक्षित गरेर नेपाली पुस्तकहरूको संकलन शुरू भएको छ ।
नेपाली समुदायको बढ्दो जनसख्यालाई लक्षित गरी बेसाईड काउन्सिल अन्तरगत रहेको रकडेल पुस्तकालयले नेपाली भाषाका पुस्तकहरुको शाखा स्थापना गरेको छ । न्यु साउथ वेल्स स्टेट लाइवे्ररी लोकल प्रायोरिटी कार्यक्रमबाट प्राप्त अनुदानले काउन्सिलले आफ्नै नेपाली भाषाका पुस्तक र डिभिडी लगाएतका सामाग्रीको संकलन गरेको हो ।
“बढ्दो नेपाली समुदायलाई सहयोग गर्न यो नयाँ संग्रह महत्वपूर्ण संसाधान हो । यसले हाम्रो सांस्कृतिक विविधताको आवश्यकतालाई पुरा गर्नेछ ।” बेसाईड काउन्सिलका मेयर जो अवाडाले बताए ।
१४ अगस्टमा पुस्तकालयमा नेपाली शाखाको उद्घाटन गर्दै अवाडाले यस नेपाली संग्रहले बिभिन्न भाषाहरुका पुस्तकालय स्रोतहरुको व्यापकतालाई प्राेत्साहन दिनेछ र यसले विविध सांस्कृतिक पृष्ठभूमी र आफ्नो समुदायको चासो झल्काउने विश्वास व्यक्त गरे ।
नेपाली समुदायलाई लक्षित गरेर रकडेल पुस्तकालयले सन् २०१४ देखि स्टेट लाइव्रेरी न्यू साउथ वेल्सबाट नेपाली पुस्तकहरु सापटी लिदै आएको थियो । तर यो अनुदानले बेसाइड काउन्सीललाई स्थायी रुपमै नेपाली लक्षित संग्रह स्थापना गर्न सहयोग पुगेको छ र नेपाली भाषाका पाठ्य सामाग्रीहरु रकडेल लाईव्रेरीमा रहने छन् ।
स्टेट लाइव्रेरीबाट प्राप्त ३४ हजार ३ सय २० डलरको अनुदानबाट नयाँ संग्रहका लागि ६ सय भन्दा बढी सामाग्रहीहरु खरिद गरिएका छन् । नेपाली साहित्य, इतिहाँस, भुगोल, स्वास्थ्य, यात्रा, बालसहित्य सम्बन्धि पुस्तकहरु र डिभिडिहरू रकडेल पुस्तकालयमा उपलब्ध छन् ।
सिड्नीको दक्षिण बेसाइड काउन्सिल अन्तर्गत रहेका पुस्तकालयहरुमा नेपाली पुस्तकहरु उपलब्ध हुनेछन् । आफ्नो कुनै फोटो सहितको परिचय पत्र देखाएर निः शुल्क पुस्तकालयको सदस्य बन्न सकिन्छ ।
पुस्तकालयको सदस्यले निश्चित समयका लागि पुस्तकहरु घरमा लैजान सापटि लिन सकिन्छ । अस्ट्रेलियामा अस्थाई भिसामा रहनु भएका नेपाली अभिभावकहरु पनि पुस्तकालयको सदस्य बन्न सक्नुहुन्छ ।
थप जानकारीकाे लागि याे लिंकमा जानुहाेस् !!
न्यूजिल्याण्डमा जासिन्डा दोस्रो पटक प्रधानमन्त्री; सरकारले पूर्णता पाउन दुई हप्ता लाग्ने