MENU

बेसाईड काउन्सिल आसपास बस्नुहुन्छ ? अब नेपाली पुस्तक पढ्न रकडेल लाईब्रेरी जानुहोस

Bayside Library has established its own Nepali collection to serve growing Nepalese community in Bayside.
बेसाईड काउन्सिल रकडेल पुस्तकालयले हालै उद्घाटन गरेको नेपाली पुस्तकहरुको संग्रह । जहाँ करिव ६ सय नेपली पुस्तकहरु छन् ।

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स स्थित बेसाइड काउन्सिलको पुस्तकालयमा नेपाली समुदायलाई लक्षित गरेर नेपाली पुस्तकहरूको संकलन शुरू भएको छ ।

नेपाली समुदायको बढ्दो जनसख्यालाई लक्षित गरी बेसाईड काउन्सिल अन्तरगत रहेको रकडेल पुस्तकालयले नेपाली भाषाका पुस्तकहरुको शाखा स्थापना गरेको छ । न्यु साउथ वेल्स स्टेट लाइवे्ररी लोकल प्रायोरिटी कार्यक्रमबाट प्राप्त अनुदानले काउन्सिलले आफ्नै नेपाली भाषाका पुस्तक र डिभिडी लगाएतका सामाग्रीको संकलन गरेको हो ।

“बढ्दो नेपाली समुदायलाई सहयोग गर्न यो नयाँ संग्रह महत्वपूर्ण संसाधान हो । यसले हाम्रो सांस्कृतिक विविधताको आवश्यकतालाई पुरा गर्नेछ ।”  बेसाईड काउन्सिलका मेयर जो अवाडाले बताए ।

१४ अगस्टमा पुस्तकालयमा नेपाली शाखाको उद्घाटन गर्दै अवाडाले यस नेपाली संग्रहले बिभिन्न भाषाहरुका पुस्तकालय स्रोतहरुको व्यापकतालाई प्राेत्साहन दिनेछ र यसले विविध सांस्कृतिक पृष्ठभूमी र आफ्नो समुदायको चासो झल्काउने विश्वास व्यक्त गरे ।

नेपाली समुदायलाई लक्षित गरेर रकडेल पुस्तकालयले सन् २०१४ देखि स्टेट लाइव्रेरी न्यू साउथ वेल्सबाट नेपाली पुस्तकहरु सापटी लिदै आएको थियो । तर यो अनुदानले बेसाइड काउन्सीललाई स्थायी रुपमै नेपाली लक्षित संग्रह स्थापना गर्न सहयोग पुगेको छ र  नेपाली भाषाका पाठ्य सामाग्रीहरु रकडेल लाईव्रेरीमा रहने छन् ।

स्टेट लाइव्रेरीबाट प्राप्त ३४ हजार ३ सय २० डलरको अनुदानबाट नयाँ संग्रहका लागि ६ सय भन्दा बढी सामाग्रहीहरु खरिद गरिएका छन् । नेपाली साहित्य, इतिहाँस, भुगोल, स्वास्थ्य, यात्रा, बालसहित्य सम्बन्धि पुस्तकहरु  र डिभिडिहरू रकडेल पुस्तकालयमा उपलब्ध छन् ।

कसरी लिन सकिन्छ पुस्तकहरु ?

सिड्नीको दक्षिण बेसाइड काउन्सिल अन्तर्गत रहेका पुस्तकालयहरुमा नेपाली पुस्तकहरु उपलब्ध हुनेछन् ।  आफ्नो कुनै फोटो सहितको परिचय पत्र देखाएर निः शुल्क पुस्तकालयको सदस्य बन्न सकिन्छ ।

पुस्तकालयको सदस्यले निश्चित समयका लागि पुस्तकहरु घरमा लैजान सापटि लिन सकिन्छ । अस्ट्रेलियामा अस्थाई भिसामा रहनु भएका नेपाली अभिभावकहरु पनि पुस्तकालयको सदस्य बन्न सक्नुहुन्छ ।

थप जानकारीकाे लागि याे लिंकमा जानुहाेस् !!

याे पनि पढ्नुहाेस् । 

न्यूजिल्याण्डमा जासिन्डा दोस्रो पटक प्रधानमन्त्री; सरकारले पूर्णता पाउन दुई हप्ता लाग्ने