MENU

सिड्नीमा २०७ औ भानु जयन्ती मनाईने

सिड्नीम । नेपाली कला सँस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले २०७ औ भानु जयन्तीको अवसरमा अन्तरक्रिया तथा साहित्यिक रचना बाचन कार्यक्रम गर्ने भएको छ ।

यही नोभेम्बार २७ शनिबार ग्रेनभिलमा रहेको हिमालयन फङ्सन सेन्टरमा अपरान्ह ४ बजेदेखि यो कार्यक्रम हुन लागेको हो । कोरना भाइरसको प्रकोपका कारण पूर्वनिर्धारिन यो कार्यक्रम स्थगित भएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष शुजाता बस्नेत केसीका अनुसार कार्यक्रममा रचना बाचन, नृत्य, गायन, नेपाली लोक तथा पञ्चै बाजा बाजन, लाखे नाच जस्ता प्रस्तुतिहरु रहने छन् ।

प्रवेश निःशुल्क रहेको यो कार्यक्रममा साहित्य र कला संस्कृतिको क्षेत्रमा योगदान गर्ने ब्यक्ति तथा संस्थाहरुलाई भानु पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले नेप्लिज अस्ट्रेलियनलाई बताइन ।

२००८ मा स्थापना भएको यो संस्थाले नियमितरुपमा नेपाली साहित्य र कला सँस्कृतिको क्षेत्रमा काम गरिरहेको छ ।

Bhanu Jayanti Sydney 2021

यो पनि पढ्नुहाेस् ।

डिसेम्बर १ देखि अन्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलिया प्रवेश खुला