MENU

सन् २०३२ काे ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

The International Olympic Committee (IOC) has elected Brisbane as host of the 2032 Olympics.
The International Olympic Committee (IOC) has elected Brisbane as host of the 2032 Olympics.

ब्रिसबेन । सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को बुधबार टोक्योमा बसेको बैठकले ओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो।

आईओसीको केन्द्रीय कमिटीले सन् २०३२ को ओलम्पिक ब्रिसबेनमा गर्ने प्रस्तावलाई स्वीकार गरेको हो।

ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लािग २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ।

ओलम्पिक ३७ सहरमा गर्ने प्रस्ताव गरिएको छ।

आईओसीका अध्यक्ष थोमस वाचले मतदानमा प्रक्रियामा भाग लिएनन्। अस्ट्रेलियाका जोन कोट्स र जेम्स टोमकिन्सले पनि मतदान प्रक्रियामा सहभागी हुन पाएनन्।

आईओसी अध्यक्ष थोमसले भने, ‘ओलम्पिक आयोजकका नाताले ब्रिसबेनले धेरै फाइदा लिन सक्छ। यसको सामाजिक र आर्थिक विकासका लागि ओलम्पिकले सहयोग गर्नेछ।’

ब्रिसबेनले पहिलो पटक प्रतियोगिता गर्न लागेको हो। यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा प्रतियोगिता गरिसकेको छ।

टोक्यो ओलम्पिकपछि सन् २०२४ को ओलम्पिक पेरिसमा र २०२८ मा अमेरिकामा हुने तय भइसकेको छ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाको तीन राज्यहरू लकडाउनमा