MENU

नेपाली महावाणिज्यदूत कार्यालयको टेलिफोन ह्याक; नीजि बिवरणहरु सुरक्षित राख्न अनुरोध

Honorary Consulate General of Nepal, NSW
Honorary Consulate General of Nepal New South Wales office concern on scam call

सिड्नी ।  नेपाली अबैतनिक महावाणिज्यदूत न्यु साउथ वेल्सको कार्यालयको टेलिफोन नम्बर ह्याक भएको छ ।

बिगत केही दिनदेखि महावाणिज्यदूतको कार्यालयको टेलिफोन नम्बरबाट फोन  (स्क्याम कल) गरेर ब्यक्तिहरुको नीजि बैंक डिटेल्स र अन्य जानकारीहरु मागिएको गुनासो आफूलाई आएको महावाणिज्यदूत दिपक खड्काले बताए ।

सबकन्टिनेन्ट बोलीको लवजमा महावाणिज्यदूतको कार्यालयको टेलिफोन नम्बरबाट फोन गरेर बैंकका खाता र ब्यक्तिगत जानकारीहरु मागेको  पाईएको छ । त्यस्ता फोनकललाई बेवास्ता गर्न कार्यालयले अनुरोध गरेको छ ।

“महावाणिज्यदूतको कार्यालयबाट कहिल्यै पनि टोलिफोन गरेर ब्यक्तिका महत्वपूर्ण जानकारीहरु माग्ने गरिएको छैन ।” महावाणिज्यदूत दिपक खड्काले नेप्लिज अस्ट्रेलियएन सँगको कुराकानीमा भने “बिगतमा पनि यस्तै गरी टेलिफोन नम्बर ह्याक हुँदा प्रहरीलाई जानकारी गराएका थियौ । ”

नेपाली अबैतनिक महावाणिज्यदूत न्यु साउथ वेल्सको कार्यालयले आफ्नो नीजि बिवरणहरु सुरक्षित राख्न अनुरोध गर्दै यस घटनाले समुदायमा पर्न गएको असुबिधा प्रति दुःख ब्यक्त गरेको छ ।

याे पनि पढ्नुहाेस् ।

सिड्नीमा नेपाली समुदायका १५ जनामा कोरोना संक्रमण; अनिवार्य परिक्षण गर्न सरकारको आग्रह