MENU

होबार्टमा दशैं विशेष कार्यक्रम हुने

Dashain Dhamaka Tasmania

तास्मानिया । युवाहरुद्वारा संगठित विनर्स सर्कल तास्मानियाले होबार्टमा दशैँ विशेष कार्यक्रम दशैँ धमाका म्युजिकल नाईटगर्ने भएको छ ।

ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसेजको मूख्य प्रायोजनमा अक्टोवर ९ तारिखका दिन होटल ग्राण्ड चाव्सलारमा उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा  लाईभ म्युजिक अनि डि. जे.  देखि लिएरनेपालका चर्चित गायक बादल प्रसाईचर्चित ब्याण्ड अर्थसहित करिब १७ जना स्थानीय कलाकारहरुको  सांगितिक  प्रस्तुति दिनेछन् ।

युवासंस्कार र संस्कृतिको प्रबर्द्धनका लागि हामी सदैव तत्पर छौ । युवा साथीहरुको जोशले हामीलाई पनि काम गर्न उर्जा मिलेको छ । सबै मिली हामी कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्नेछु । ग्योबल मार्क एजुकेशन एण्ड भिजन निर्देशक अरुण चित्रकार  बताए । 

कार्यक्रमको गोल्ड स्पोन्सरमा माल्दिनी इटालियन क्याफे एण्ड रेस्टुरेण्टसिल्भर स्पोन्सरमा डिबि सर्भिसेज ग्रुप र ब्रोन्जी स्पोन्सरमा मूनलाईट सुपरमार्केट होबार्ट रहेका छन् ।

कार्यक्रममा प्रिमोसर्टिफ़ाई सर्भिजएसआर स्टुडियोतास्माण्डु क्रिकेट क्लबकाम कोठा र सोल सिस्टर्सको बिशेष सहयोग रहेको विनार्स सर्कल तास्मनियाका एडमिन साजन परियारले नेप्लिज अस्ट्रेलियनलाइ बताए ।

याे पनि पढ्नुहाेस् ।

५७ हजार अन्तराष्ट्रिय विद्यार्थी फिर्ता ल्याउने योजनालाई अस्ट्रेलियन सरकारद्धारा अनुमति