सिड्नी । न्यूसाउथ वेल्सका सिनेटर तथा अस्ट्रेलिया नेपाल पार्लिमेन्ट्रि फ्रेण्डसिप ग्रुपका सह –अध्यक्ष एन्ड्रयू ब्रागले बडादशैंको उपलक्क्षमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना दिएका छन् ।
उनले एक भिडियो माफर्त नेपाली समूदायले मनाउने दशैमा आफूहरुले पनि साथ दिने बताए ।
अस्ट्रेलियामा नेपाली समूदायले महामारीको समयमा ठूलो योगदान पुर्याएको भन्दै उनले प्रशंसा समेत गरे ।
सिनेटरको दशै शुभकामना भिडियो संदेश संघिय चुनावमा न्यु साउथ वेल्सको ब्याङ्स चुनाव क्षेत्रका उम्मेद्धवार प्रमेज श्रेष्ठको समाजिक संजलमार्फत सार्वजनिक भएको थियो ।
अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह पहिलो पटक जुन २२ सन् २००९ मा स्थापना भएको हो । तत्कालिन अस्ट्रलियास्थित नेपाली राजदुत योगेन्द् ढकालको पहलमा स्थापना भएको यो समुहमा सिनेटर, मेम्बर अफ पार्लियामेन्ट र सक्रेटरी गरी ३२ जना सदस्यहरु रहने ब्यवस्था थियो ।
समुहमा सत्ता पक्षिय लिवरल पार्टी, प्रतिपक्षि लेबर पार्टी, ग्रिन्स र नेशनल पार्टीका समेत प्रभावशाली सांसद र सिनेटरहरु रहेका थिए । निरन्तरको कुटनीतिक प्रयासपछि अस्ट्रलियन पार्लियामेन्टमा यो समुह स्थपना गर्न सफल भएको थियो ।
समुहले नेपालमा हुने ठुला ठुला राजनीतिक परिवर्तन, भुकम्प, बाढी, पहिराे, भोकमरी जस्ता प्राकृतिक प्रकोप र वैदेशिक हस्तक्षेप हुँदा अष्टेलियन पार्लियामेन्टको नेपाल संसदिय मैत्री समुहले तत्कालै सहयोगकालागि निर्णय गर्ने छ ।
अस्ट्रलिय एशिया प्रशान्त क्षेत्रको शक्तिशाली देश भएकाले यहाँ नेपाल संसदिय मैत्री समुह स्थापना हुनुले क्षेत्रिय स्तरमा नेपालाको कुटनितिक सम्बन्ध मजबुत बनाउन मद्दत गर्दछ ।