MENU

“देव डम्प्लिंग डेन” तास्मानियाको  स्वादिष्ट म:मको उत्कृष्ट सूचीमा पर्न सफल

Chhatra Shankar
Editor at Nepalese Australian
Dev’s Dumpling Den
Dev’s Dumpling Den listed as the best dumplings in Tasmania by the Mercury Newspaper, Tasmania

होबार्ट । तास्मानियाको स्थानीय समुदायमा म:मको चर्चा चुलिएपछि स्थानीय अखबार मर्करीले स्वादिष्ट म:मको खोजि गरेको छ ।

तास्मानियाको चर्चित स्थानीय खबर मर्करीले गरेको म:म व्यवसायीहरूको सर्वेक्षणमा नेपाली व्यवसायी वासुदेव सापकोटा र सुप्रिया श्रेष्ठद्वारा डेभनपोर्टमा स्ट्रिट फुडका रूपमा सञ्चालित देव डम्प्लिंग डेन नेपाली समुदायको तर्फबाट स्वादिष्ट म:मको उत्कृष्ट सूचीमा परेको छ।

स्थानीय मर्करी पत्रिकाले तास्मानियाभरका म:म व्यवासयीहरुलाई नोमिनेसनका लागि आह्वान गरेको थियो । तास्मानिया भरका २२ म:म व्यवसायीहरुले भोटिङका लागि मनोनयन दर्ता गरेका थिए । दुई नेपाली व्यवसायी डाँफे र देव डम्प्लिंग डे मात्र भोटिङका लागि नेपाली समुदायको तर्फबाट मनोनयनमा परेका थिए । स्वादिष्ट म:म छनोटका लागि उक्त पत्रिकाले सेप्टेम्बर १७ देखि २० सम्म भोटिङ खुला गरेको थियो ।

Dev’s Dumpling Den

स्वादिष्ट म:मको सूचीमा परेको देव डम्प्लिंग डेन तास्मानियाकै नेपाली समुदायको पहिलो स्ट्रिट म:म फुड हो । देव डम्प्लिंग डेन  १४ प्रतिशत भोट प्राप्त गरी उत्कृष्ट ५ मध्ये तेस्रो स्थानमा पर्न सफल भएको थियो । होबार्टमा सञ्चालित पोट स्टिकरले ३८ प्रतिशत भोट प्राप्त गरि प्रथम भएको थियो । त्यसै गरी Me wah Sunday bay दोस्रो, डम्प्लिंग वर्ड होबार्ट चौंथौं र Suzie Luck’s Canteen & Cocktail bar उत्कृष्ट पाँचमा परेको थियो।

सन् २०१८ मा डेभनपोर्टमा देव दम्पत्तिले शुरु गरेको स्ट्रिट म:म प्रत्येक शुक्रवार साँझ चार घण्टा सञ्चालनमा आउने गरेको छ । देव डम्प्लिंग डेनका प्रो-प्राइटर वासुदेव सापकोटाले स्वादिष्ट म:मको उत्कृष्ट सूचीमा परेपछि नेप्लिज अस्ट्रेलियनसँग भने क्वान्टिटीमा  भन्दा क्वालिटीमा ध्यानदिने हो भने ग्राहकहरूले नै नोमिनेट गर्दा रहेछन् । देव डम्प्लिंग डेन नोमिनेशनमा परेको आफैलाई थाहा थिएन, वासुदेवले भने, “मेरो स्ट्रिट फुडमा म:मको स्वाद लिन आउने स्थानीय अस्ट्रेलियन ग्राहकहरूले नै स्वादिष्ट ठानेर नोमिनेट गरेका रहेछन् ।”

स्ट्रिट फुड संचालनको अनुभव सुनाउँदै वासुदेव भन्छन्, ”हामीले डेभनपोर्टमा सुरु गर्दा अरू स्ट्रिट फुड संचालनमा थिएन् । म:मको स्वाद चाख्नु पर्‍यो भने ताजा नभएर फ्रोजननै खानुपर्ने बाध्यता थियो ।

त्यसैले हामीले स्थानीयहरूलाई मल्टिकल्चरल खानाको स्वाद चखाउने उद्देश्यले सञ्चालन गरेका थियौँ । सानो लगानीमा सुरु गरेको देव डम्प्लिंग डेन तास्मानियामै स्वादिष्ट म:मको उत्कृष्ट सूचीमा पर्न सफल भएकोमा गर्व लागेको वासुदेवले सुनाए।

उनी भन्छन् ” यदि जीवनमा सफलताको सिडी चढ्नु छ, भने अरूको विश्वास जित्नुहोस् सफलता मिल्दै जान्छ।”

याे पनि पढ्नुहाेस् ।

सिन्धुलीका विधार्थीलाई अस्ट्रेलियाबाट उपहार