MENU

यस्ताे छ अस्ट्रेलियाका बिभिन्न शहरहरूमा भाइटिकाको शुभ साईत

deepawali-tihar-festival-celebrations-in-australia-by-nepalese-community

सिड्नी । हिन्दुहरुको दोस्रो ठूलो पर्व दिपावलीको अस्ट्रेलियामा भाइटिकाको शुभ साईतको समय तालिका सार्वजनिक भएको छ । हिन्दु समज अस्ट्रेलियाले एक बिज्ञप्ति मार्फत यो बर्षको दिपावलीको शुभ साईत सार्वजनिक गरेकोहो हो ।

समाजका कोषाध्यक्ष प्रकाश ढाेडारीका अनुसार अस्ट्रेलियाका प्रमुख शहरहरुमा फरक फरक टाईम जोन भएकोले शुभसाईतको समय पनि फरक रहेको छ । सन् २०२०मा  भाइटिका १६ नोभेम्बरमा रहेको छ ।

भाइटिकाको शुभ साईत

सिड्नी मध्यान्न २ः०४ बजे देखि ४ः५१, मेलबर्न मध्यान्न २ः३० देखि ५ः२१ बजे, ब्रिसबेन मध्यान्न १२ः५४ बज देखि ३ः३६ , पर्थ मध्यान्न १ः२४ देखि ४ः१० बजे, डार्बिन मध्यान्न १ः४८ देखि ४ः२० बजे, एडिलेड मध्यान्न २ः२५ देखि ५ः१२ बजे, क्यानबेर मध्यान्न २ः१३ देखि ५ः०१ बजे र तास्मानिय मध्यान्न २ः२४ देखि ५ः१९ बजे रहेको छ ।

ढोडारीका अनुसार भाइटिका लगाउने ब्यक्ति पश्चिम तर्फ फर्किदा शुभ रहने छ ।

याे पनि पढ्नुहाेस् ।

पाँचवटा तस्विरमा हेर्नुहोस् सिड्नीको ओपेरा हाउसमा गरिएको दिपावली