MENU

चीनले अस्ट्रेलियाको चुनाव प्रभावित गर्न खोजेको आरोप

Defense Minister Peter Dutton speaks during Question Time at Parliament House in Canberra.
Source-AAP

अस्ट्रेलियाको सङ्घीय निर्वाचनमा चीन सरकारले लेबर पार्टीका उम्मेदवारहरुलाई पैसा दिएर चुनाव प्रभावित गर्न खोजेको खुलासा भएको छ ।

अस्ट्रेलियाको गुप्तचर संस्था एजीओले उक्त तथ्य पत्ता लगाएको खुलासा भएको हो । तर, यसले निर्वाचनलाई प्रभाव नपारिसकेकोे एजीओले बताएको अस्ट्रेलियाका सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।

अहिलेसम्म कोही उम्मेदवार त्यसरी प्रभावित भने नभएको अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेशन (एजीओ)का प्रमुख माइक बर्गसले बताएको लेबर पार्टीका नेता येन्थनी अल्बनिजीले बताएका छन् ।

लिबरल पार्टीको चुनावी विज्ञापनमा विपक्षी नेता एन्थनी अल्बनिजीको विश्वसनीयता माथि प्रश्न उठाइएको छ ।

अल्बनिजीले भने आफ्नो बचाउ गरेका छन् ।

बिहीबार रक्षा मन्त्री पिटर डटनले संसदमा सुरक्षा सम्बन्धी चिन्ता व्यक्त गरेका थिए ।

यसै साता एजीओका प्रमुख माइक बर्गसले एक विदेशी राष्ट्रले अस्ट्रेलियाका निर्वाचन उम्मेदवारहरूलाई रकम दिन खोजेको खुलासा गरेका थिए ।

नाइन न्युजमा प्रकाशन भएको समाचार गुप्तचर अधिकारीको भनाइलाई उद्धृत त्यसरी चुनाव प्रभावित पार्न चाहने विदेशी राष्ट्र चीन भएको उल्लेख गरिएको छ ।

न्यु साउथ वेल्स राज्यमा चुनाव प्रभावित गर्ने प्रयास गरिएको बताइएको छ । तर, एजीओका प्रमुखले त्यस्तो षड्यन्त्र असफल भइसकेको बताएका छन् ।

रक्षा मन्त्री पिटर डटनले लेबरको सहकार्यलाई लिएर प्रश्न उठाउन भने छाडेका छैनन् ।

गम्भीर अपराधमा संलग्नलाई देश निकाला गर्ने कानून ल्याउँदै सरकार