MENU

गम्भीर अपराधमा संलग्नलाई देश निकाला गर्ने कानून ल्याउँदै सरकार

विदेशमा जन्मेर अस्ट्रेलियामा अपराधिक क्रियाकलापमा सहभागीलाई देश निकाला गर्ने तयारी अस्ट्रेलियन सरकारले गरेको छ ।

घरेलु हिंसा, बलात्कार, प्रहरीमाथि बल प्रयोग गर्ने, बालबालिकाहरूको शोषण गर्ने लगायतका अपराधीहरूलाई देश निकाला गर्न प्रधानमन्त्री स्कट मोरिसनले बुधवार सङ्घीय संसदमा विधेयक पेश गर्ने तयारी गरेका छन् ।

द अस्ट्रेलियनले प्रकाशन गरेको समाचार अनुसार अहिले भइरहेको कानूनको कमजोरी सुधार गर्ने गरी नयाँ विधेश संसदमा ल्याउन लागिएको हो ।

सङ्घीय अध्यागमन मन्त्री एलेक्स हअकले मानिसहरूलाई देश निकाला गर्न सरकारलाई थप अधिकारहरू चाहिएको महसुस भएपछि कानून संशोधन गर्न लागिएको बताएका छन् ।
दश हजारभन्दा बढी गम्भीर अपराधीहरुलाई देश निकाला गर्ने अहिलेको सरकार नै पहिलो भएकाले उनले बताए ।

हअकले भने, ‘अपराधिक गतिविधमा संलगनको भिसा रद्द गरेर कहिल्यै अस्ट्रेलिया फर्कन नपाउने गरी पठाएका छौं ।

अध्यागमन ऐन अन्तर्गतको धारा ५०१ मा चरित्र परीक्षणको व्यवस्था भएपछि लागू औषध व्यवसायमा लागेका, यौन दुराचार गर्ने, घरेलु शोषणकर्ता, हत्या लगायतका आपराधिक क्रियाकलापमा लागेकाहरूलाई सरकारले देश निकाला गरेको छ ।

तर गम्भीर यौनजन्य तथा हिंस्रक अपराधहरूलाई सम्बोधन गर्न अहिले प्रचलनमा रहेका कानुन पर्याप्त नरहेको थप अधिकारको लागि विधेयक ल्याउनु परेको हअकले बताए ।

प्रस्तावित विधेयकमा गम्भिर अपराधहरूमा दोषी प्रमाणित भएका, कम्तीमा पनि दुई वर्षको जेल सजाय पाएर १२ महिनाभन्दा कम समय जेलमा बिताएका गैर–नागरिकहरूको भिसा रद्द गरी देश निकाला गर्न सकिने प्रावधान उल्लेख छ ।

अहिलेको कानुन अनुसार भने कम्तीमा दुई वर्ष कैद सजाय हुने गम्भीर कसुरमा दोषी ठहर भएका विदेशी अपराधीले अदालतबाट कम सजाय पाएमा देश निकाला हुनबाट बच्न सक्छन् ।
यस्तो व्यवस्थामा अस्ट्रेलियामा रहेका थप दश हजारभन्दा बढी भिसावाहकहरू प्रभावित बन्ने बताइएको छ ।

प्रधानमन्त्री मोरिसनले सोमबार संसदमा लेबर र ग्रीन्सले अस्ट्रेलियाबाट अपराधीहरूलाई निष्कासित गर्न असहयोग गरेको आरोप लगाएका थिए ।

याे पनि पढ्नुहाेस् ।

अधिकांश अस्ट्रेलियन नागरिक भन्छन् : आप्रवासीले स्थायी बसोबासको अनुमति पाउनुपर्छ