MENU

४०-४९ उमेरका प्रौढहरुलाई फाइज खोप लगाउन एन एस डब्लुमा नाम दर्ता खुल्यो

The NSW Premier Gladys Berejiklian announces a new case of community transmission.
The NSW Premier Gladys Berejiklian

न्यु साउथ वेल्समा ४०-४९ उमेर समुहका आम नागरिकहरुले फाइजर खोप लागउन नाम दर्ता गर्न सक्ने भएका छन् ।

१० मे सोमबार राज्यमा खुलेको पहिलो कोभिड १९ भ्याक्सिन हबको शुभारम्भ गर्दै प्रिमियर ग्लेडिस बेरेजिक्लियनले फाइजर भ्याक्सिन लगाउन चाहनेले सोमबार साँझ पाँचबजे पछि सर्भिस न्यु साउथ वेल्सको एपमा गएर नाम दर्ता गर्न सक्नेछ ।

प्रत्येक हप्ता ३० हजार खोप लगाउने क्षमता सिड्नी ओलम्पिक पार्कमा रहेको मास भ्याक्सिन सेन्टरको रहेको छ ।

पहिलो चरणमा करिब एक मिलियन ४०-४९ उमेर समुहका प्रौढहरुले फाइजर खोप लागउने रज्यको लक्ष्य रहेको छ ।

५० बर्ष भन्दा माथिको उमेर समुहका आम नागरिकहरुले अस्ट्राजेनिका खोप लगाउन मे महिनाको २४ तारिक पछि नाम दर्ता गर्न पाउने छन् ।

राज्यमा समुदायमा कोरोनाको संक्रमण देखिएपछि लागु गरिएको प्रतिबन्धहरु एक हप्ताको लागि थप गरिएको छ जुन १७ मे सम्म कायम रहने छ ।

राज्यको सिड्नी, सेन्ट्रदल कोस्ट र ओलङ्गन क्षेत्रमा निम्म कुराहरुमा प्रतिबन्ध लगाईएको छ ।

याे पनि पढ्नुहाेस् ।

संघिय बजेट २०२१ः प्राथमिकतामा सीमा सुरक्षा, आप्रवास र एज केयर क्षेत्र