MENU

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

Gandaki province Chief Minister Pritiva Subba Gurung resigned
Gandaki province Chief Minister Pritiva Subba Gurung resigned

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् ।

उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण गरिएको थियो ।

जनमोर्चाका एक सांसद हराएपछि वैशाख १४ गते गर्ने भनिएको मतदान सरेको थियो ।