MENU

पूर्व गोर्खा सैनिकको अनशन तोडियो; बेलायतले नेपालसँग वार्ता गर्ने

Gurkha veteran on hunger strike outside Downing Street
Former Gurkha servicemen have ended a 13-day hunger strike after the Government agreed to enter talks with the Nepalese Embassy over equal pensions for veterans.

बेलायती नागरिकसरह समान सुविधा र अधिकार माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भूतपूर्व गोर्खाहरुको अनशन तोडिएको छ।

बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अगस्ट ७ तारिखदेखि भूतपूर्व गोर्खा सैनिकहरु ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिनमा तोडिएको हो।

बेलायत सरकार र अनशनरत पक्षबीच सहमति भएपछि लण्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल र बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितिमा जुस पिलाएर अनशन तोडिएको हो।

भुपू गोर्खाहरुको मागबारे बेलायत सरकारले एक महिनाभित्र नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।

नेपालीहरुको अनसनप्रति बेलायतका संघसंस्था, वरिष्ठ व्यक्तिहरुको समर्थन थियो।

२१ जुलाई बाट १७ दिनसम्म रिले अनशन बसेका उनीहरुको माग सम्बोधनमा बेलायत सरकारले तदारुकता नदेखाएपछि भोक हड्ताल थालेका थिए।

उनीहरुको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि सरकारमाथि दबाब सिर्जना भएको थियो।

सन् १९९७ भन्दा पहिले अवकाश पाएका गोर्खाहरुले समान पेन्सन पाउन सकेका छैनन्। त्यही मुद्दामा गोर्खाहरुले लामो समयदेखि गोर्खा सत्याग्रह संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन्।

यसैबीच सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा बिहीबार मात्रै अन्तरिम आदेश जारी गरेको छ।