MENU

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

India beats Australia on last day of Gabba Test
India has scored a famous victory in the Test series against Australia, chasing down 328 on the last day of the final game at the Gabba to win the series 2-1 and retain the Border-Gavaskar Trophy.

ब्रिस्बेन । भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हाँसिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ ।

ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ । पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो ।

अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए ।

भारतका लागि अन्य खेलाडीहरु शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले ७ र शार्दुल ठाकुरले २ रन बनाएका थिए ।

ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यतिठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो । भारतका पन्तले प्लेयर अफ द म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए ।

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ तथा दोस्रो इनिङमा ३२९ रन बनाएको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा चर्चा कमाएको एक परेवाको कथा