MENU

अस्ट्रेलियामा चर्चा कमाएको एक परेवाको कथा

Joe the pigeon made headlines around the world

मेलबर्न । बिगत एक हप्ता देखि अस्ट्रेलियामा “जो” नाम गरेको परेवाको निकै चर्चा छ ।

हजारौ किलोमिटर टाढा अमेरिकाबाट प्रसान्त महासाग तरेर यो परेवा मेलबर्न आएको यहाँका संचार माध्यमहरुकमा सार्वजनिक भएको थियो । जुन कुरा गलत साबित भयाे ।

बायो सेक्युरिटी र कोरोना भाइरसको संक्रमण बढाउने भन्दै उक्त परेवालाई अस्ट्रेलियाका अधिकारीहरुले मार्न खोजेपछि यो विषय चर्चामा आएको थियो। अस्ट्रेलियाका अधिकारीहरुले यस परेवालाई नियन्त्रण गरेर क्वारेन्टिनमा राख्न नसकिने भएकाले यसलाई मार्न खोजिएको थियो।

पंक्षिबिज्ञहरूको  अनुसन्धान पछि “जो” नामको यो परेवा स्थानीय नै भएको पुष्टि भएको छ। अधिकारीहरुले अब यसलाई नमारिने बताएका छन् ।

सुरुवातमा उक्त परेवा अमेरिकामा ‘ रेसिङ’ मा आवद्ध  भएको बताइएको थियो।

उक्त परेवाको खुट्टामा ट्याग थियो। जसले उक्त परेवा अमेरिकाबाट आएको अनुमान गरिएको थियो।

तर उक्त परेवाको खुट्टामा राखिएको ट्याग नक्कली भएको अस्ट्रेलियाका संचार माध्यमहरूले जनाएका छन्।

अमेरिकामा हालै नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित भएका छन्। त्यसकारण अमेरिकाबाट हालै अस्ट्रेलिया आएको भनिएपछि यस परेवाको नाम पनि “जो” राखिएको थियो।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा नेपालीमा प्रकासित विज्ञापनहरूमा न्यूनतम सरकारी ज्याला भन्दा निकै कम तलब