MENU

क्वीन्सल्याण्डका कृषि फामहरुमा कामदार अभाव ; हप्ताको ३८ सय डलर अफर

फाइल फाेटाे

ब्रिसबेन। कोरोना भाइरस महामारीका कारण विभिन्न राज्यहरु संग जोड्ने सिमा बन्द हुँदा     अस्ट्रेलियाकाे क्वीन्सल्याण्ड राज्यका कृषि फामहरुमा कामदारको अभाव हुन थालेको छ । हप्ताको ३८ सय डलर अफर गर्दा समेत फलफूल टिप्ने कामदार पाउन नसेको भन्दै कृषि फामहरुमा कामगर्न आउन उत्पादकहरुले अनुरोध गरेका छन् ।

स्ट्रबेरी र पाईनापल जस्ता फलफूल भुईमै कुहिन थालेपछि उत्पादकहरुले कामदारहरुलाई आकर्षक पारिश्रमिक प्रस्ताव गरिरहेका हुन् । तर पछिल्ला महिनाहरुमा ब्याकप्याकरहरुको संख्यामा करिब ६० प्रतिशतले गिरावट आएपछि कामदारहरुको अभाव भएको उद्योगी समूह बेरिज  अस्ट्रेलियाका  राचेल म्याकेन्जीले बताए ।

पियाटा फार्मसका प्रवन्ध निर्देशक ग्याभिन स्करका अनुसार फलपूmल टिप्ने काम तथा यससंग सम्बन्धित पारिश्रमिकलाई लिएर भ्रमहरु छन् । “फलफूल टिप्नेहरुलाई कम पारिश्रमिक दिने गरिएको धारणा छ जुन गलत हो । हामीले हालसालै हप्तामा छ दिन काम गरेकाहरुलाई प्रति कामदार ३८ सय डलर पारिश्रमिक दिइएका थियौं । जुन घण्टाको दरले हिसाब गर्ने हो भने राम्रो कमाई हो,” उनले भने ।

कामदार अभावका कारण फलफूल नष्ट गर्नुपरेका स्करका अनुसार यस पेशालाई राम्रो मान्ने हो भन्ने हो भने यसमा रमाईलो पनि छ र हप्ताको ३ हजार डलर कमाउनु सामान्य कुरा होइन् । फलफूल टिप्नेहरुको अभावका कारण क्वीन्सल्याण्ड मात्र हैन, अस्टे«लियाभरीकै किसानहरु समस्या भोग्दै आएका छन् ।

ओरेन्जमा , चेरी उत्पादन गरिहेका गाय गेयटाका अनुसार चेरी टिप्नेहरुले दिनको ४ सय डलर कमाउने भएपनि कामका लागि खोजी गर्नेहरुको कमी रहेको बताए ।
“डिसेम्बरमा हामीलाई ७० जनाको आवश्यकता हुन्छ, तर कामदार नपाए क्रिसमसमा फलफूलको महंगो हुने चेतावनी समेत दिए ।

यता न्यू साउथ वेल्सका कृषि मन्त्री एडम मार्सलले ले पनि अस्ट्रेलियाका कृषि फामहरुमा कामदार हुन थालेको स्वीकार गरेका छन । आप्रवासी कामदार नहुँदा अस्ट्रेलियनहरुले मात्र कृषि काम थेग्न नसक्ने उनले बताए ।

याे समाचार पहिलाे पटक न्यूज डटकम डट एयूले प्रकाशन गरेकाे हाे ।

अस्ट्रेलियामा नेपाली किसानको गोलभेडा खेती (फाेटाे फिचर)