MENU

नेपाली समुदायका लागि अबर्न पुस्तकालय परिचय कार्यक्रम; नेपाली शाखा राख्न माग

Local Nepalese Community Members attending Cumberland City Council Auburn Library Open Day
Local Nepalese Community Members attending Cumberland City Council Auburn Library Open Day Photo: Nepalese Australian

सिड्नी । पश्चिम सिड्नीको कम्बरल्याण्ड काउन्सिल पुस्तकालयले बिहिबार २२ अक्टोबरका दिन स्थानिय नेपाली समुदायका लागि आयोजना गरेको पुस्तकालय परिचय कार्यक्रम सम्पन्न भएको छ ।

अबर्न क्षेत्रका २० जना स्थानिय अगुवाहरुले पुस्तकालयको भ्रमण गरेर थिए । पुस्तकायलमा उपलब्ध सेवा, बिभिन्न कक्षहरु, पुस्तकालयको सदस्यता लिने तरिका र अनलाईन पुस्तकालय बारेमा नेपाली समुदयका सदस्ययहरुलाई जानकरी गराईएको थियो ।

Local Nepalese Community Members attending Cumberland City Council Auburn Library Open Day Photo: Rishi Acharya
Local Nepalese Community Members attending Cumberland City Council Auburn Library Open Day Photo: Rishi Acharya

कार्यक्रममा स्थानिय समुदायको तर्पबाट बोल्दै दिनेश पोखरेलले पुस्तकालयमा नेपाली भाषाको पुस्तकहरु राख्न र नेपाली भाषामा बालबालिकाहरुका लागि स्टोरी टाइम संचालन गर्न माग गरेका थिए । यस्तै अर्का स्थायिनबासी शशी राईले पुस्तकालयमा नेपाली भाषा बोल्ने स्वायंसेवक वा कर्मचारि राख्न सुझाव दिएका थिए ।

स्थानिय गैर सरकारी संस्था एक्सेसिबल डाइभर्सिटी सर्भिसेजले कम्बरल्याण्ड काउस्सिल र स्थानिय नेपाली समुदायसँगको सहकार्यमा यो कार्यक्रम गरेको हो । कार्यक्रमको संयोजन सामुदायिक अभियान्ता ऋषि आचार्यले गरेका थिए ।

कार्यक्रममा अबर्नका स्थानिय बासिन्दा एवं अबर्न नेपाली समाजका सल्लहकार दिनेश पोखरेल, अबर्न नेपाली समाजका उपाध्यक्ष राजु गिरी, अबर्न नेपाली अभिभावक समाजका संरक्षक शशी राई, सचिव खेम अर्याल, नेप्लिज अस्ट्रेलियनका सम्पादक मनऋषि धिताल, पत्रकार सरिता ढकाल, लगायत स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो ।

अबर्न पुस्तकालयमा पहिलो पटक तीन दर्जन नेपाली पुस्तक

Nepalese Collection at Cumberland City Council Auburn Library Photo: Rishi Acharya
Nepalese Collection at Cumberland City Council Auburn Library Photo: Rishi Acharya

कम्बरल्याण्ड काउन्सिलका दर्जन शाखा मध्ये अबर्न पुस्तकालय नेपालीहरुको बाक्लो बस्ति भएको सबअर्बमा रहेको छ । पुस्तकालयमा आफ्नै स्थायि नेपाली शाखा नभएपनि न्यु साउथ स्टेट पुस्तकालयबाट प्राप्त भएका करिब तीन दर्जन पुस्तकहरु समुदायको लागि उपलब्ध रहेको जानकरी दिईएको थियो ।

नेपालका चर्चित लेखक खगेन्द्र संग्रौला, बरिष्ठ पत्रकार किशोर नेपाल, शारदा शर्मा देखि अस्ट्रेलियामा लेखन थलो बनाएका केदार पोखरेल लगाएतका पुस्तक अबर्न पुस्तकालयमा राखिएका छन् ।

याे पनि पढ्नुहाेस् ।

बेसाईड काउन्सिल आसपास बस्नुहुन्छ ? अब नेपाली पुस्तक पढ्न रकडेल लाईब्रेरी जानुहोस