MENU

काठमाडौंमा समातिए १ अर्बभन्दा बढीको हेरोइनसहित सात विदेशी महिला

Nepal becoming transit hub for narcotic drug trafficking
Nepal becoming transit hub for narcotic drug trafficking

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले १ अर्ब २ करोड रुपैयाँबराबरको अवैध लागूऔषध हेरोइनसहित सात विदेशी महिलाई पक्राउ गरेको छ।

ब्युरोले गत जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो। बरामद हेरोइनको बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको रहेको ब्युरोले जनाएको छ।

विभिन्न मुलुकबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो। हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुर्‍याइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ परेका सात महिला दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।उनीहरू विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले सो गिरोहलाई नियन्त्रणमा लिन त्रिभुुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएको थियो।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा तलब बढ्यो: न्यूनतम ज्याला प्रतिघण्टा २१.३८ अस्ट्रेलियन डलर 

समुदायिक पुनर्चक्र केन्द्रहरु र घरेलु हानीकारक फोहोर व्यवस्थापन बारे जानकारी