MENU

होबार्टमा खुल्यो नेपालीको नयाँ कलेज ; विद्यार्थीहरूको समय अनुकूलका कक्षा सञ्चालन गरिने

Nepalese Educational Business in Tasmania

तास्मानिया । अस्ट्रेलियाको प्रमुख सहर वाट पिआरको सम्भावना खोज्दै नेपाली तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरू तास्मानिया आउने क्रम बढेसँगै नेपालीहरूले होबार्टमा शैक्षिक क्षेत्रमा लगानी बढाउन थालेका छन्।

यसअघि सिड्नी तथा मेलबर्नमा मात्र केन्द्रित भएका कलेज तथा शैक्षिक परामर्श केन्द्रहरूले आफ्नो शाखा तथा कार्यालय होबार्टमा विस्तार गर्न थालेपछि विद्यार्थिहरुलाइ छनोटको अवसर मिलेको छ ।

यसैबिच न्यु साउथ वेल्सको सिड्नीमा सञ्चालित ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन’ ले तास्मानियाको होबार्टमा नयाँ कलेज आइ आइ इ तास्मानिया क्याम्पस सञ्चालन गरेको कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए ।

प्राविधिक विषयहरूलाई कलेजले प्राथमिकता दिएका कारण विद्यार्थीहरूको आकर्षण बढ्ने सिइओ लोहनीको दाबी छ । उनले भने ”तास्मानियाको नियम अनुसार प्राविधिक विषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिजाएको लागि अझ सहज हुन्छ, त्यसैले हामी स्तरीय र सुलभ शिक्षा दिने छौ।”

होबार्ट तथा तास्मानियाको ग्रामिण क्षेत्रमा काम गर्दै पढ्दै गर्नै विद्यार्थीहरूका लागि समय सुहाउँदो कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए । क्याम्पसमा सातै दिन कक्षा सञ्चालन हुने तथा दिउँसो काम भएका विद्यार्थी लाई पढ्न सहज बनाउने उद्देश्यले साँझ पनि कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख घिमिरेले बताए ।

नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइटी, लिडरसिप एन्ड म्यानेजमेन्टमा एडभान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एन्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए । हामी अहिले देखिनै विद्यार्थी भर्ना लिइरहेका छौ । हाम्रो फरक विशेषताका कारण विद्यार्थीहरूको आकर्षण पनि बढेको छ । घिमिरेले भने ”हामी कलेजमा अक्टोबरदेखि कक्षा सञ्चालन गर्नै छौ ।”

साबिकको कलेजमा ४ सय २० र नयाँमा ३ सय ५० गरी अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सञ्चालनमा आउनेछ । कलेजमा प्राविधिक र व्यावसायिक सीप सम्बन्धी कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मूलक हुने लोहनीको दाबी छ। आगामी दिनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको माग अनुसारका विषय तथा गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीहरुवीचमा कलेजलाइ लोकप्रिय बनाउने योजना रहेको सिइओ लोहनीले बताए ।

अधिकांश विद्यार्थीको काम र पढाइ बिच सामञ्जस्य नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यस खाले कोर्स सुरु गरिएको लोहनीले बताए।

गत वर्ष न्यु साउथ वेल्समा सुरु भएको आइ आइ ई का विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुविधा समेत रहेको कलेज व्यवस्थापनले स्पष्ट पारेको छ ।

याे पनि पढ्नुहाेस् ।

सिड्नीमा लकडाउन लम्ब्याउनुका साथै कर्फयू जारी