MENU

एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाको अध्यक्षमा शुभांश साह चयन

Subansh Shah Newly Elected President of Association of Nepal Terai In Australia (ANT-Aus)

सिड्नी । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया नेपालको हालै भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपालको तराई भागबाट बसाई सरेर अस्ट्रेलिया आएका नेपालीहरुलाई एकतामा बाँध्ने उद्देश्यले स्थापना भएको यो संस्थाको नव निर्वाचित अध्यक्ष शुभांश साह रहेका छन् ।

अगष्ट १ मा भएकाे साधारणा सभाले उपाध्यक्ष मोहम्द जुमादिन हवारी, महाँसचिब कन्चन ठाकुर, कोषाध्यक्ष बिकास कुमार झा, कोअर्डिनेटर राकेश कुमार शाह र जनसम्पर्क अधिकरीमा अशोक यादब चयन गरेकाे छ ।

यस्तै संस्थाको कार्यसमिति पदाधिकारीहरुमा बिटेस कुमार सिंह, पंकज शाह, जितेन्द्र शाह, नविन यादब, रन्जित गुप्ता, रुपक अधिकारी, मोहम्मद सइफुल्लाहा र रंजित कुमार दाश रहेका छन् ।

“प्रवासमा आफ्नो पहिचन जोगाउँदै एक आपसमा चिनजान र भाइचार बढाउनु संस्थाको मुख्य उद्देश्य हो ।” अध्यक्ष शुभांश साहले  नेप्लिज अस्ट्रेलियन सँगकाे कुराकानिमा भने, “आफु जन्मे हुर्केको ठाउँ शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पनि सहयोग गर्ने संस्थाले योजना बनाएको छ ।”

यो संस्थाले हरेका बर्ष अस्ट्रेलियाको सिड्नीमा सामुहिक रुपमा फागु पूर्णिमा (होली) र छठ पर्व मनाउँदै आएको छ । साथै नेपालमा बर्षा याममा हुने बाढी र डुवान प्रभावितहरुको लागि राहत सामग्रीहरु वितरण गरिरहेको छ ।

याे बर्ष नेपालमा काेराेना भाइरसका महामारिका कारण प्रभावितहरूकाे उपचर र सेवाका लागि संस्थाले १० हजार अस्ट्रेलियन डलर सहयाेग गरेकाे छ ।

याे पनि पढ्नुहाेस् ।

जनगणनाको बारेमा तपाईंले के जान्न जरुरी छ?