MENU

न्यु साउथ वेल्समा जारी रात्रीकालिन कर्फ्यु अन्त्य

Greater Sydney COVID-19 lockdown expanded
न्यु साउथ वेल्स राज्यमा बिगत केही हप्ता देखी जारी रात्रीकालिन कर्फ्यु अन्त्य बुधवार मध्यरातदेखि अन्त्य भएको छ । राज्यकी प्रिमियरले ग्लाडिस बेरिजिक्लियनले बुधवार नियमित पत्रकार सम्मेलनमा बोल्दै अति कोभिड-१९ प्रभावित १२ काउन्सिल क्षेत्रमा लागू रात्रिकालीन कर्फ्यु सम्बन्धी व्यवस्था अन्त्य भएको पनि घोषणा गरेकी छिन्।

पत्रकार सम्मेलनमा बोल्दै प्रिमियरले ग्लाडिसले राज्यमा खोपका लागि १६ वर्ष माथिका योग्य बासिन्दाहरूको ८० प्रतिशतले आज कोरोनाभाइरस विरुद्ध खोपको पहिलो मात्रा लगाइसक्ने बताउँदै उनले कर्फ्यु बिहिबार बिहानदेखि हट्ने जानकारी दिएकी हुन्।

“यदि तपाईँ ती स्थानीय सरकार क्षेत्रमा हुनुहुन्छ भने, त्यहाँ लागू हरेक नियमको पालना गर्नुहोस्,” बेरिजिक्लियनले भनिन्।

यसैबीच न्यु साउथ वेल्समा मङ्गलवार बेलुका आठ बजेसम्म सामुदायिक सङ्क्रमणका थप १,२५९ नयाँ केसहरू पुष्टि भएका छन्। यसका साथै सोही अवधिमा कोभिड-१९ सङ्क्रमणका कारण थप १२ जनाको ज्यान गएको पनि प्रिमियरले ग्लाडिसले बताएकी छिन्।

सीमित क्षमतामा ब्यवसायहरू खुल्ने

सोह्र वर्ष माथिका ७० प्रतिशत योग्य बासिन्दाहरूले कोभिड-१९ विरुद्ध खोप लगाइसकेपछि क्याफे, हजामको पसल र जिमहरू सीमित क्षमतामा खुल्ने व्यवस्था हुने पनि उनले बताएकी छिन्।

ग्लाडिस बेरिजिक्लियनका अनुसार केवल खोप लगाएका मानिसहरूले मात्रै प्रवेश पाउने स्थलहरू भनेर स्वास्थ्य आदेशहरू जारी गरिनेछन्। “म यो स्पष्ट पार्न चाहन्छु,” उनले भनिन्।

“यदि तपाईँले खोप लगाउनु भएको छैन भने तपाईँ रेस्टुरेन्ट जान पाउनुहुने छैन, तपाईँ क्याफे छिर्न सक्नुहुने छैन।”
साथै, राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा. केरी चान्टले वागा-वागा, यङ र मड्जीका बासिन्दाहरूलाई कोरोनाभाइरसका लक्षणहरू देखा पर्नासाथ परीक्षणका लागि अगाडी आउन भनेकी छिन्।

याे पनि पढ्नुहाेस ।

एनआरएनएको निर्वाचन स्थगित, १० औँ महाधिवेशन अनिश्चित