MENU

बुधवार साँझबाट न्यु साउथ वेल्समा नयाँ प्रतिबन्ध; पाँच जनाभन्दा बढी घरमा बोलाउन नपाइने

Sydney Opera House Photo by Jeremy Bishop on Unsplash

बिगत २४ घण्टामा बोन्डाइ क्लस्टरमा १६ नयाँ सङ्क्रमित थपिएपछि न्यु साउथ वेल्स राज्य प्रिमियर ग्लेडिस बेरेजिक्लियनले नयाँ प्रतिबन्ध सार्वजनिक गरेकी हुन् ।

यो प्रतिबन्ध रज्यको ग्रेटर सिड्नी, सेन्ट्रल कोष्ट,वलङगन,ब्लु माउन्टेन क्षेत्रमा लागु हुने गरी बुधवार साँझ चार बजे देखि लागु हुनेछ ।

पछिल्लो समय बोन्डाईबाट सुरु भएको सङ्क्रमणको संख्य बिस्तार भएर अहिले सम्म ३१ जनामा   पुगिसकेको छ ।

बुधवार नियमित पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्सकी प्रिमीयर बेरीजिक्लयनले भनिन् “कोभिड–१९ को अत्यन्तै सक्रमणदर रहेको भेरीयन्टबाट फैलावटलाई सीमित पार्न सरकारले नयाँ कदम चाल्ने छ ।”

बेरीजिक्लयनले लकडाउनको सम्भावनालाई इन्कार नगरे पनि हालको सार्वजनिक स्वास्थ्य उपायहरूमा विश्वास व्यक्त गरेकी छन् ।

“स्वास्थ्य आदेशको पूर्ण पालना गरे प्रकोपलाई दबाउने राम्रो अवसर हुनेछ” बेरीजिक्लियनले भनिन् ।

बुधवार साँझबाट लागुहुने प्रतिबन्धहरू

  • नयाँ प्रतिबन्ध अन्तर्गत बालबालिका सहित केवल पाँच जना सम्मलाई मात्र घरमा बोलाउन पाइने छ ।
  • यसै गरी वासस्थान बाहेकका स्थानमा भवन भित्र बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।
  • जिममा एक पटकमा २० जना सम्म मात्र रहन सक्ने छन् भने उनीहरूले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।
  • यसै गरी भवन भित्रका कार्यक्रममा नाचगान गर्न प्रतिबन्ध लगाइएको छ भने पब लगायतका सार्वजनिक स्थानमा उभिएर पिउन बन्देज लगाइएको छ ।
  • विवाह र अन्त्यष्टी लगायतका अन्य भेलामा दुई व्यक्तिका बिचमा चार वर्ग मिटर बराबरको दुरी कायम गर्नु पर्ने नियम राखिएको छ ।

याे पनि पढ्नुहाेस् ।

आप्रवासीहरू अस्ट्रेलिया छाड्दै ; जनसंख्या वृद्धिदर १५ वर्षयताकै कम