MENU

खोपको मात्रा ८० प्रतिसत पुगेपछि कोभिड-१९ डिजास्टर पेमेन्ट अन्त्य हुने

COVID-19 disaster payments will come to an end
COVID-19 disaster payments will come to an end – Photo Centrelink Auburn, Sydney

क्यानबेरा । संघिय सरकारले कोरोना भाइसरका कारण प्रभावितहरुका लागि दिदै आएको डिजास्टर पेमेन्ट क्रमस घटाउँदै जाने भएको छ ।

बुधवार बोल्दै संघिय ट्रेजरर जोस फेईडेनबेर्गले कोरोनाको खोपको मात्रा ८० प्रतिसत पुगेपछि डिजास्टर पेमेन्ट अन्यहुने बताए । कोरना भाईरसको महामरिका कारण रोजगारी गुमाएकाहरुको सहायताको लागि संघिय सरकारले अति प्रभावित क्षेत्रका बासिन्दाको लागि डिजास्टर पेमेन्ट शुरु गरेको थियो ।

जसमा हप्तामा बिस घण्टा भन्दा बढी रोजागारी गुमाएकाहरुले ७५० डलर अनुदान पेमेन्ट पाईरहेका छन् । नयाँ ब्यवास्था अनुसार अहिले जारी प्रतिबन्धहरु हटेपछि पहिलो हप्ता ४५० डलर अनुदान भुक्तानि पाउने छन् । यो भुक्तानि पाउन हप्तमा आठ घण्टा भन्दा बढी रोजगारी गुमाएको हुन पर्छ ।

यसैबीच बिपक्षि लेबर र एसिटिका चिफ मिनिस्टिरले संघिय सरकारको यो निर्णयको आलोचना गर्दै यति छिटै अनुदान नहटाउन अनुरोध गरेका छन् ।

याे पनि पढ्नुहाेस् । 

५७ हजार अन्तराष्ट्रिय विद्यार्थी फिर्ता ल्याउने योजनालाई अस्ट्रेलियन सरकारद्धारा अनुमति