MENU

५५ दिन पछि एन एस डब्लुमा समुदायमा कोरोना संक्रमित भेटियाे

Latest COVID-19 case locations and alerts in NSW

सिड्नी । ५५ दिन पछि एन एस डब्लुमा समुदायमा कोरोना संक्रमित देखिएको छ । क्वारेन्टिन होटलमा कार्यरत कर्मचारिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना भाइरस बिरुद्धको फाइजर खोप लगाएका ४७ बर्षिय ती कर्मचारी सिड्नीको सोफिटेल होटलमा कार्यरत थिए ।

न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्री ब्राड हाजाडले संचारमाध्यमहरुलाई दिएको जानकारी अनुसार संक्रमित सुरक्षा कर्मचारि परिवारको चार सदस्यहरुको कोरोना भाइरस परिक्षण नेगेटिभ आएको छ र स्वास्थ्य कर्मचारिहरुले कन्टयाक ट्रेसिङ गरिरहेका छन् ।

उक्त संक्रमित ब्यक्तिले भ्रमण गरेका स्थानहरुमा गएकाहरुले तुरुन्तै परिक्षण गरेर सेल्फ आइसोलेसनमा बस्न स्वास्थ्य बिभागले अनुरोध गरेको छ ।

संक्रमितले भ्रमण गरेका स्थानहरु

  • प्यानकेक अन द रक्स बेभर्लि हिल्स शनिवार १३ मार्च १०ः४५ बजे देखि १२ः बजे सम्म ।
  • बेक्स्ली एक्वाइटिक सेन्टर नर्थ बेक्स्ली शनिबार १३ मार्च ९ः०० बजे देखि९ः३० बजे सम्म ।
  • सेभेन इलाबेन हेमर्केट क्यापिटल स्वायर सिड्नी शनिबार १३ मार्च १२ः२० देखि १२ः २५ बजे सम्म
  • डे जङ कुम हेमर्केट ३५ गोल्बन स्ट्रिट सिड्नी शनिवार १३ मार्च १२ः१५ देखि १२ः२० बजे सम्म ।
  • कोल्स हर्सभिल स्टेसन फरेस्ट रोड हर्सभिल बुधवार १० मार्च राति ८ बजे देखि ९ बजे सम्म ।
  • हड्सन कफी हर्सभिल प्राइभेट अस्पताल मार्च ८, ९, १०, ११ र १२ बिहान ८ः३० बजे देखि ९ः०० बजे सम्म ।

    याे पनि पढ्नुहाेस् ।

पश्चिम अस्ट्रेलियामा लेबर पार्टीेको अत्याधिक बहुमत; म्याकगोवान दोस्रो कार्यकालका लागि प्रिमियर