MENU

न्यु साउथ वेल्समा नर्सहरु आन्दोलित, बिरामीअनुसार नर्सको संख्या बढाउन माग

न्यु साउथ वेल्समा नर्सहरुले आन्दोल गर्ने भएका छन् ।

मङ्गलबार बिहान ७ बजेदेखि नर्सहरू हडतालमा उत्रिने बताइएको छ । न्यु साउथ वेल्समा एक दशक पछि पहिलो पटक नर्सहरु आन्दोलनमा सहभागी हुन लागेका हुन् ।

उनीहरूले बिरामीको संख्या अनुसार नर्सको संख्या कम भएकाले त्यसलाई बढाउनुपर्ने माग गरेर आन्दोलन गर्न लागेका हुन् ।

त्यसबाहेक उनीहरुले नर्सको तलब बढाइनु पर्ने माग पनि गरेका छन् ।

अहिले अस्पतालहरुमा बिरामीहरूको हेरचाहका लागि पर्याप्त नर्सहरू नभएको उनीहरुले बताएका छन् ।

कोरोना विरूद्धको खोप : कसले पाउँछन्, कुन खोपले पाएको छ अनुमति ?