MENU

दक्ष आप्रावासी कामदारले अस्ट्रेलिया फर्कन पाउने; रजिष्टर्ड नर्स र आइटी सहित १७ पेशालाई यात्रा अनुमति

सिड्नी । काेराेना भाइरस महामारीका कारण अस्ट्रेलियाकाे ओरालाे लागेकाे अर्थतन्त्रलाई सुधार गर्न सरकारले दक्ष आप्रावासी कामदारलाई विभिन्न देशमा जारी लकडाउनकै बीच अस्ट्रेलिया फर्कन यात्रा अनुमति दिने भएकाे छ ।

प्राथमिक आप्रावासन सीपयुक्त पेशा सूची (प्रायोरिटी माइग्रेसन स्कील्ड अकुपेशन लिस्ट (पि एम एस ओ एल) मा रहेका १७ वटा पेशालाई राष्ट्रिय सीप आयोगको सल्लाह र कमनवेल्थ एजेन्सीहरुको परामर्शमा संघीय सरकारले यात्रा अनुमति दिने घाेषणा गरेकाे हाे ।

बुधबार कार्यवाहक अध्यागमन मन्त्री एलन टुज र रोजगार, सिप, साना तथा पारिवारीक व्यवसाय सम्बन्धि मन्त्री माइकलिया क्यासद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएकाे छ ”अस्ट्रेलियाकाे अर्थतन्त्रलाई सुधार गर्न र कोरोना भाइरससंग जुध्न हामीलाई दक्ष आप्रावासी कामदारकाे आवश्यकता छ ।”

पि .एम. एस .ओ .एल पेशाका लागि अस्ट्रेलियन रोजगारदाताबाट प्रायोजित भएका तथा भिसा प्राप्त गरेकाहरुले अस्ट्रलेलियाकाे यात्रा प्रतिवन्धको छुटका लागि अनुरोध गर्न सक्नेछन र तर उनीहरुले आगमन पश्चात आफ्नै खर्चमा अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ,” टुजले भने ।

“हाम्रो प्राथमिकता भनेको अस्ट्रेलियनहरूलाइ काममा फर्काउनु हो तर कोभिड-१९ को महामारीमा नर्स, कन्ट्रक्सन र आइटी क्षेत्रका सिपयुक्त पेशाभएका कामदारहरूले हाम्रो स्वास्थ्य र आर्थिक स्थितिलाई सुधार गर्नेछ टुजले थपे ।”

रोजगार, सिप, साना तथा पारिवारीक व्यवसाय सम्बन्धि मन्त्री माइकलिया क्यासले पि एम एस ओ एल ले श्रम बजारको आवश्यकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिन ।

“जबकिपरले धेरै अस्ट्रेलियनलाई रोजगारमा राखेको तथा हाम्रो १ विलियन डलरकाे जव ट्रेनर फण्डले ३ लाख ४० हजार ७ सय नयाँ प्रशिक्षण केन्द्हरू सस्थापना हुने छन । तर कतिपय क्षेत्रमा भने दक्ष कामदारको आवश्यकता छ ।” उनले भनिन ।

हालकाे दक्ष आप्रवासी पेशा सुचीहरु सक्रिय रहने तथा भिसा प्रक्रिया जारी रहने भएपनि पि एम एस ओ एल मा रहेका पेशाहरुलाई प्राथमिकता दिइनेछ ।

१७ वटा पेशा (ए एन जेड एस सि ओ कोड)हरु निम्न छन्ः

मुख्य कार्यकारी वा प्रवन्ध निर्देशक (११११११)
निर्माण परियोजना प्रवन्धक (१३३१११)
मेकानिकल इन्जिनियर (२३३५१२)
जेनेरल प्राक्टीसनर (२५३१११)
रेसिडेन्ट मेडिकल अफिसर (२५३११२)
मनोचिकित्सक (२५३४११)
मेडिकल व्यवसायी (२५३९९९)
मिडवाइफ (२५४१११)
रजिष्टर्ड नर्स (एज्स केयर) (२५४४१२)
रजिष्टर्ड नर्स (क्रिटिकल केयर एज्ड इमरजेन्सी (२५४४१५)
रजिष्टर्ड नर्स (मेडिकल) (२५४४१८)
रजिष्टर्ड नर्स (मानसिक स्वास्थ्य) (२५४४२२)
रजिष्टर्ड नर्स (पेरियोपेराटिभ) (२५४४२३)
रजिष्टर्ड नर्स एन इ सी (२५४४९९)
डेभलपर प्रोग्रामर (२६१३१२)
सफ्टवेयर इन्जिनियर (२६१३१३)
मेन्टेनेन्स प्लानर (३१२९११)

थप जानकारीका लागि यहाँ हेर्नुहाेस 

याे पनि पढ्नुहाेस् ।

बिद्यार्थीको रोजाईमा क्यानबेरा; नयाँ नियमले पीआरको सपना पुरा गर्ला ?

अस्ट्रेलियामा एडल्ट माइग्रेन्ट इंगलीस प्रोग्राम परिवर्तनको घोषणा