MENU

भिसी तुलबहादुर पुनको नाममा बेलायतमा रेलवे सेवा शुरु

Railway service in the name of VC Tul Bahadur Pun launched in the UK
Railway service in the name of VC Tul Bahadur Pun launched in the UK

लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको सम्मान स्वरूप उनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवा शुभारम्भ गरे ।

दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै तय गरिएको यो कार्यक्रम कोभिड १९ महामारीका एकवर्ष पछि सरेको हो ।

उक्त समरोहमा बेलायती अभिनेत्री जोआना लुम्लेको पनि उपस्थिति थियो । आफू ६ वर्षको उमेर हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसंग भेट भएको उनले बताइन् । पुनसंगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमि मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् ।

इतिहासमा पुनको नाम अंकित भइसकेको र रेलवे सेवामा समेत नाम अंकित गरिनुले पुनको स्मरण अझ अमर रहने लुम्लेले बताइन् ।

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् ।

भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा शुरू भएको छ । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका थिए ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद समेत दिए ।

साथै उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ को जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । उक्त समरोहमा थुप्रै पूर्व गोर्खाहरुको सहभागिता थियो ।

भिक्टोरिया क्रस प्राप्त गर्ने १३ जना गोरखा सैनिकमध्ये हाल एकजना मात्र जीवित छन् । सन् १९२३ मार्च २३ मार्चमा म्याग्दी जिल्लामा जन्मेका पुनले २१ वर्षको उमेर हुँदा दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए । सन् २०११ अप्रिल २० मा पुनको निधन भइसकेको छ ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिमा रहेर काम गरेका थिए ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्सका कृषि मन्त्री कोरोना संक्रमित; डेपुटी प्रिमियर र स्वास्थ्य मन्त्री सेल्फ आइसोलेसनमा