MENU

तास्मानियाकी २६ बर्षिय ग्रेस ट्याम बनिन “अस्ट्रेलियन अफ द इयर २०२१”

Sexual assault survivor Grace Tame is named Australian of the Year
Sexual assault survivor Grace Tame is named Australian of the Year 2021 Photo: Screen Shot ABC News

यौन हिंसाबाट बाँच्न सफल २६ बर्षिय ग्रेस ट्याम सन् २०२१ को अस्ट्रेलियन अफ द इयर भएकी छन् ।

अस्ट्रेलिया डे को अवसर पारेर राजधानी क्यानबेरामा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री स्कट मरिसनले ग्रेस ट्यामले उक्त अवाड प्रदान गरेका थिए ।

कोे हुन् ग्रेस ट्याम ?

अस्ट्रेलियाको टापु राज्य तास्मानियाकी स्थायि बासिन्दा ट्यामले आफूमाथि भएको यौन हिंसालाई सार्वजनिक मात्र गरिनन् एक्लै कानुनी लडाई पनि लडिन ।

१५ बर्षको उमेरमा ग्रेसलाई उनी अध्ययनरत बिद्यालयका ५८ बर्षिय शिक्षकले बलात्कार गरेका थिए । बलात्कारीले यो क्रुर अपराधको सजाय जेलमा बिताए तर ग्रेस ट्यामले आफ्नो पिढा सर्वजनिक रुपमा ब्यक्त गर्न पाइनन् ।

तास्मानियको स्थानिय कानुनले पिढितले आफ्नो पिढा सार्वजनिक गर्न प्रतिबन्ध लागएको थियो । ग्रेस ट्यामले लेटहरस्पिक ह्यासट्याग ( #LetHerSpeak ) शुरुगरिन र कानुनमा परिवर्तन ल्याउन पैरबीशुरु गरिन ।

उनले स्थायिन सर्वोच्च अदालतमा अपिल गरिन र पिढीतको म यौन हिंसा पिढीत हुँ भनेर सर्वजनिक हुन पाउने अधिकारको रक्ष गर्न माग गरिन । अदालतले उनको पक्षमा निर्णय गर्यो ।

उनी बालयौन हिंसको बिरुद्ध पैरवी गर्छिन् ।

याे पनि पढ्नुहास् ।

अस्ट्रेलिया र नेपालको ईतिहास र वर्तमानमा घोत्लिदा