MENU

ब्ल्याकटाउन नेपाली कम्युनिटीको अध्यक्षमा सिताराम घिमिरे चयन

Blacktown Nepalese Community - BNC
Sitaram Ghimire has been elected as the President of the Blacktown Nepalese Community, the Nepalese organisation based in the western Sydney which is densely populated by the Nepalese living in Blacktown City Council and the surrounding areas.

सिड्नी । पश्चिम सिड्नीमा नेपालीहरूको बाक्ले बसोवास रहेको ब्ल्याक टाउन सिटि काउन्सिल र वरिपरी बसोवास गर्ने नेपालीहरूको संस्था ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) को अध्यक्षमा सिताराम घिमिरे चयन भएका छन् ।

२१ अगस्ट शनिबार भर्चुयल माध्यमबाट साधारणा सभा भएको थियो । समितिका अन्य पदाधिकारीहरूमा दुइ उपाध्यक्ष सरस्वती घिमिरे र दिपेन्द्र उप्रेती, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोख्रेल, कोषाध्यक्षमा निराजन बिसुराल रहेका छन् ।  त्यस्तै सदस्यहरुमा शैलेन्द्र कार्की, मदन देउराली, रुप राज मैनाली, रोशन लामिछाने, दीपा जोशी, दिपक अर्याल, अनिता श्रेष्ठ, अनिल पोख्रेल, शर्मिला शर्मा र सुनिल मानन्धर रहेका छन् ।

साधारण सभामा स्थानिय नेपाली समुदायका अगुवाहरुले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको कामना दिएका थिए ।

यो संस्थाले २०१६ स्थापित भइ बिबिध सामाजिक एबं परोपकारी कार्यमा अग्रिणी भूमिका खेल्दै आइरहेको छ ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै भने, “स्थानिय नेपाली समुदायको अवाश्यक्ता र रुची अनुसारका कार्यक्रमहरु संचालन गरिने बताए ।” अध्यक्ष घिमिरेका अनुसार आगामी दुई वर्षमा अभिभावक, युवा पुस्ता र यही जन्मे हुर्केका दोस्रो पुस्ता लक्षित कार्यक्रम संस्थाले ल्याउने छ ।

संस्थाले २ बर्षको लागि निम्न थप कार्यक्रम गर्ने

ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्नुहुने युवा तथा दोस्रो पुस्ताका बाबु-नानीहरूलाई समेट्नको लागि BNC Youth Forum स्थापना गरिने, उक्त फोरममा हाम्रा छोराछोरीहरु संलग्न भई कार्यक्रम सञ्चालन गर्नेछन् ।प्रत्येक महिनाको पहिलो आइतबार बेलुकी ६ बजे देखि जुम मर्फत हाजिरी जवाफ प्रतियोगिता, Success stories, Motivation class and पढाइ सम्बन्धि information class हरु जस्ता कार्यक्रम संचालन गरिनेछ । यो कार्यक्रमले दोस्रो पुस्ताका बाबु-नानीहरु एक अर्का बीच परिचय हुनेका साथै आफ्ना कुरा सेयर गर्ने प्ल्याटफर्म बन्नेछ।

ब्ल्याकटाउन काउन्सिलमा बस्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्नकोलागि BNC Youth for Excellence Award कार्यक्रमको सुरुवात गरिनेछ । स्कुलबाट लिईने HSC Exam, Selective Exam र Opportunity Class Exam मा सबैभन्दा बढी नम्बर ल्याउने र NSW State लेवलको खेलकुद प्रतियोगितामा पुग्न सफल खेलाडी तथा विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रत्येक वर्ष सम्मान गरिनेछ।

ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्ने हाम्रा छोरा छोरीहरु को लागी वर्षमा एकपटक Sports Day आयोजना गरिनेछ उक्त कार्यक्रम BNC को साथै कमिटीमा रहेका खेलकुदमा सक्रिय संस्थाहरु अन्नपूर्ण स्पोर्ट्स क्लब  तथा  Doonside Dynamites जस्ता  कल्बहरु  सँग सहकार्य गरी Soccer, Running, High Jump जस्ता प्रतियोगिता आयोजना गरिनेछ।

कोभिडका कारणले लक्डाउनमा रहेको नेपाली समुदायलाई संस्थाको  फेसबुक तथा भाइबरबाट सूचनाहरु उपलव्ध गराउने  तथा Virtual Door Knock कार्यक्रम आयोजना गरिनेछ।

२०१९ बाट सम्झना पाठशाला संचालनमा

२०१९ बाट सम्झना पाठशाला संचालनमा ल्याएको यस क्षेत्रका नेपाली समुदायका बाबु नानीहरु लाई नेपाली भाषा, रहन सहन लगाएत नेपाली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगाएत बिबिध गतिबिधि र कक्षाहरु संचालन गरि उदाहरणीय कार्य गर्दै आइरहेको छ । समुदायमै उच्च मुल्यांकन भएको सम्झना पाठशालाका सबै कक्षाहरु को निरन्तरता, जनजीवन सामान्य हुदै गए पछि बिबिध अभिभाबक कार्यक्रम, बिबिध चाडपर्बहरु लगाएत यस क्षेत्रमा हुने बिबिध कार्यक्रमहरुमा नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै सहभागी हुने लगाएतका कार्यहरु लाई निरन्तरता दिदै  आएको छ ।

यो पनि पढ्नुहाेस् ।

सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थीले जितिन प्रतिष्ठित मिनिस्टर अवार्ड