MENU

सिड्नीको लकडाउन दुई हप्ता थपियो; ९७ जना नयाँ सङ्क्रमित

NSW Premier Gladys Berejiklian has confirmed Sydney’s Covid-19 lockdown will be extended by another two weeks until the end of July.

सिड्नी । न्यु साउथ वेल्स राज्यको सिड्नी र आसपासको क्षेत्रमा जारी लकडाउन दुई हप्ताको लागि थपिएको छ ।

राज्यमा कोरोनार संक्रमितको संख्या उल्लेख्य रुपमा बृद्धिभए पछि आगामी जुलाईको अन्त्य सम्मको लागि लकडाउन थपिएको हो ।

बुधवारको नियमति पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लेडीज बेरीजीक्लीयनले मङलबार राति आठ बजे सम्मको गणना अवधिमा न्यु साउथ वेल्समा ९७ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएकी थिइन ।

“लकडाउनलाई अन्त्य गर्नु अघि अहिले देखिएका २४ जना समुदायमा देखिएको संक्रमण्को नम्बरलाई घटाएर शून्यमा झार्नु आवश्यक छ ” उनले भनिन् ।
“दुई हप्ताको अन्त्यमा हामीले अवस्थाको मुल्याङन गर्नेछौ र त्यसपछिको अवस्थाका बारेमा थप जानकारी उपलब्ध गराउनेछौ ।”

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टका अनुसार हाल सङ्क्रमण जोखिम क्षेत्रका रूपमा फेयरफिल्ड, रोजल्याड, रोजबेरी, क्यान्टरबेरी, बेलमोर, सदरल्याण्ड, सेन्ट जर्ज क्षेत्र, विन्सर, सेन्ट इभीस, पेनरीथ र बे साईड परेका छन् ।

पछिल्लो कोरोना भाइरसको बेभका कारण न्यु साउथ वेल्समा दुई जनको निधन भैसकेको छ भने ७१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
ती मध्ये २० जना मानिस सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । चार जनाको भने भेन्टिलेटरमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस् ।

नेपाली महावाणिज्यदूत कार्यालयको टेलिफोन ह्याक; नीजि बिवरणहरु सुरक्षित राख्न अनुरोध