MENU

अप्रिलदेखि होबार्ट यात्रा गर्दा हवाई भाडामा ५० प्रतिशत छुट

Hobart, capital of Australia's island state of Tasmania, sits on the River Derwent.
Hobart, capital of Australia’s island state of Tasmania, sits on the River Derwent.

होबार्ट । अस्ट्रेलियाको संघीय सरकारले ल्याएको १.२ विलियन डलर बराबरको पर्यटन कार्यक्रम अन्तर्गत अप्रिलदेखि यात्रुहरुले होबार्टको लागि ५० प्रतिशत छुटको हवाई टिकेट खरिद गर्न सक्ने भएका छन् ।

संघीय सरकारले यसै हप्ता आधा रकमको ८ लाख टिकेट उपलब्ध गराउने घोषणा गरेको थियो । सुरुवाती चरणमा सरकारले सो छुटका लागि १३ वटा स्थानलाई चयन गरेको थियो जसमा बर्नी, डेभनपोर्ट र लनसेस्टन परेपनि होबार्ट भने छुटेको थियो ।

तर थप छलफल पछि होबार्ट पनि सो सूचीमा परेको संघीय सरकारले जनाएको छ । यसको अर्थ यात्रुहरुले तास्मानियाको विभिन्न स्थानहरुमा छुटमा यात्रा गर्न सक्नेछन् ।

एक वक्तव्यमार्फत उपप्रधानमन्त्री माईकल म्याककोरम्याकले यस कदमलाई होवार्ट र त्यस वरिपरीको समुदायका लागि ठूलो जीत भएको बताए ।

यस अघि सार्वजनिक भएको सूचीमा होवार्ट नपरेपछि दक्षिणी तास्मानियाका पर्यटन व्यवसायीहरु निरास भएका थिए ।

उद्योग विकास सहायक मन्त्री जोनाथन डुनियमले सरकारले सुन्नुका साथै तास्मानियाका लागि सकारात्मक उपलब्धीका लागि सहमत भएको जनाए ।

सूचीमा होबार्टलाई पनि समावेश गर्नुले दक्षिण क्षेत्र तथा राजधानी आसपासका पर्यटकिय क्षेत्रहरु पुर्नउथानमा सहभागी हुन सक्ने अपेक्षा गरिएको छ ।

डार्विन र एडिलेडलाई पनि सो सूचीमा थप गरिएको छ । क्वीन्सल्याण्ड अर्को राज्य हो जहाँ तास्मानिया जतिकै संख्यामा स्थानहरु छुटको यात्राका लागि छनौटमा परेको छ ।

छुटको टिकेट अप्रिलको सुरुवात देखि जुलाईको अन्त्यसम्म खरिद गर्न सकिनेछ र सो सेप्टेम्बर अन्त्यसम्म यात्राका लागि हुनेछ ।

तर सरकारले भने उडानहरु, मार्ग तथा टिकेटको संख्या मागमा आधारित हुने तथा यसका विमान कम्पनीसंगको छलफल पछि टुंगो लगाइने जनाएको छ ।

याे पनि पढ्नुहाेस् ।

अर्थतन्त्र उकास्न आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै अस्ट्रेलिया; हवाई भाडामा ५० प्रतिशत छुट