MENU

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट बेलायत सरकारको जागिरे

Nepalese Australian

tony abbott

सिड्नी । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट युके ट्रेड बोर्डको सदस्यमा नियुक्त भएका छन् । बेलायतका व्यापार सचिव लिज ट्रसले उनलाई बुधबार नियुक्त गरेका हुन । एबटले युके ट्रेड बोर्डको सल्लाहकारको रुपमा काम गर्ने स्वीकार गरेका थिए । एबटको नियक्तीसंगैे ब्रेक्जिट पछि बेलायतको व्यापारलाई बढाउने अपेक्षा गरिएको छ ।

एबटको नियुक्ती पछि दुवै पक्षले तस्विर वा वक्तव्य जारी नगरेको तथा बेलायतको सरकारले पनि कुनै आधिकारी जानकारी गराएको छैन । त्यसैले उनको भूमिकाको लागि उनले पारिश्रमिक पाउने वा नपाउनेबारे स्पष्ट पारिएको छैन ।

अस्टे«लियन समय अनुसार बुधबार राती एबट इटलीमा थिए भने उनी अर्को हप्ता लण्डन फर्किने र थिंकट्याङक पोलिसी एक्सचेन्जलाई आफ्नो भनाई राख्ने बताइएको छ । उक्त सभाको अध्यक्षता पूर्व विदेश मन्त्री अलेक्जेण्डर डाउनरले गर्नेछन् । एबोटले कोरोना भाइरस महामारीको अन्तर्राष्ट्रिय अवस्थाबारे सम्बोधन गर्ने छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पूर्व प्रधानमन्त्री एबटलाई बेलायत सरकारले गरेको नियुक्ती सकरात्मक भएको प्रतिक्रिया दिएका छन । तर एबट नियुक्तीबारे अस्टे«लियन सरकारलाई आधिकारीक जानकारी प्राप्त नभएको अधिकारीहरुले जनाए ।अस्ट्रेलियाको सरकारले एबट नियुक्तीको समाचार बेलायती संचारमाध्यमबाट थाहापाएको बताइएको छ ।

अस्ट्रेलियाकाको २८ औ प्रधामन्त्रीको रुपमा एबटले सन् २०१३ देखि २०१५ सम्म काम गरेका थिए । सन् २०१८ मा भएको संघिय चुनावमा उनी स्वतन्त्र उम्मेद्धवार जेली स्टेगालीबाट पराजित भएका थिए । कन्जरबेटिभ नीतिमा विश्वास गर्ने एबट अस्ट्रेलियामा समलिंङ्गि बिबाहको कडा बिरोधी थिए ।

पूर्व प्रधानमन्त्रीलाई अन्तराष्ट्रिय यात्रा छुट

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटलाई सरकारले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध हटाउदै बेलायत यात्रा गर्न छुट दिइएको छ । अस्ट्रेलियाको स्थानीय संचारमाध्यमले एबटलाई आफ्नो यात्रा र यात्रामाथिको छुटका लागि गरिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । तर इन्टरनेशनल स्पोर्टस प्रोमोसन सोसाइटी हाण्डाको एक भिडियोमा एबोटले वेल्समा सहभागी भएको खेलकुद प्रतियोगिता स्वास्थ्यका लागि राम्रो भएको प्रतिक्रिया दिए ।

अस्ट्रेलियन सरकारले नागरिकलाई देश छाड्नबाट प्रतिवन्ध लगाउनुका साथै दैनिक रुपमा वा साप्ताहिक रुपमा स्वदेश फर्कने संख्या तोक्दै बिदेशबाट फर्कन चाहने हजारौ मानिसलाई निषेध गरेको छ ।

अस्ट्रेलियन बोर्डर फोर्सले पनि एबोटलाई किन यात्राका लागि छुट दिइएको तथा उनको यात्रामाथिको छुट कहिलेसम्म हुनेबारे कुनै प्रतिक्रिया सार्वजनीक गरेको छैन । तर अस्टे«लियन सरकारको प्रवक्ताले प्राप्त सुचना तथा सहयोग गर्ने खालको प्रमाण निवेदनमा भएकोले यो अनौठो र खास व्यक्तिका लागि भएको जनाए छ ।