MENU

सन् २०२० को नोबेल ‘शान्ति पुरस्कार’ विश्व खाद्य कार्यक्रमले पायाे

सिड्नी । सन् २०२० को नोबेल शान्ति  पुरस्कार  विश्व खाद्य कार्यक्रमले पाएको छ । नोबेल शान्ति कमिटिले शुक्रवार उक्त पुरस्कारको घोषणा गरेको  हो । सो पुरस्कारको राशी ११ लाख डलर रहेको छ ।

विश्वभर  भाेकमरीको लड़ाईमा सहयोग गरेवापत यस संस्थालाई २०२० को नोबेल ‘शान्ति पुरस्कार’ दिइयो।   विश्व स्वास्थ्य कार्यक्रमले  बिश्वभर ८८ देशमा करिव ९ करोड ७० लाख मानिसहरूलाई सहयोग गर्दै आएको छ ।

गत वर्षको नोबेल  शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबे अहमदलाई दिइएको थियो।