MENU

विश्वकै महंगो भेडा- मुल्य पाँच करोड भन्दाबढी

Nepalese Australian
Double Diamond
This Texel lamb was sold for a record price at an auction in Scotland. (Supplied: Texel Sheep Society)

एजेन्सी । विश्वकै महंगो भेडाको मुल्य पढ्दा तपाँईलाई अचम्म लाग्न सक्छ । किनकी तपाँई हामीलाई थाहा भए अनुशार भेडाको मुल्य लाख त परै छाडौं हजार सम्म चाही पर्न सक्छ ।

विश्वकै महंगो भेडाको मुल्य सुन्दा एउटा भेडा किन्ने पैसाले झण्डै झण्डै अस्ट्रेलियामा घर या युनिट आउछ । तर, स्कटल्याण्डमा एउटै भेडा पाँच करोड भन्दा बढी मुल्यमा विक्रि भएको छ ।

विश्वमा एउटा भेडा विक्रिको बारेमा अनौठोे बोलकबोल भएको छ, जुन भेडाको मुल्य करिव तीन लाख ६७ हजार ५ सय पाउण्ड अर्थात ५ करोड ७८ लाख ६० हजार २ सय ५९ नेपाली रुपैया पर्न आउछ ।

स्कटल्याण्डको लानार्क स्थित स्कटिस नेशनल टेक्सेलमा डबल डायमण्ड नामक भेडा एक लाई करिब ३ लाख ६८ हजार पाउण्डमा विक्री भएपछि विश्वकै सर्वाधिक महंगो भेडा बनेको छ ।

भेडाको सुरुवाती मूल्य १० हजार ५ सय पाउण्ड थियो भने नाटकिय रुपमा बोलकबोल भएको थियो र अन्तिम बोली तीन जनाको साझेदारीमा रहेको समूहले गरेको थियो जुन भेडाका लागि युके र विश्वकै सर्वाधिक धेरै रकम थियो ।

चेसायरका चार्ली बोडेनबाट बिक्रि भएको डबल डायमण्ड भु्रण विधिबाट उत्पादित भेडा हो । यस अघि भेडाको सर्वाधिक मूल्य २ लाख ३१ हजार पाउण्ड थियो जुन आठ महिनाको भेडालाई लानार्कको टेक्सेल टबमा सन् २००९ मा बेचिएको थियो ।

टेक्सेल शिप सोसाइटीले जनाए अनुसार आईभिएफको रुपमा भु्रण राखेर पोथी भेडालाई कृत्रिम रुपमा गर्भाधान गराइन्छ र त्यसपछि उसको भ्रुणहरु अरु पोथी भेडाहरुमा राखिन्छ ।

याे पनि पढ्नुहाेस ।

अस्ट्रेलियामा भेडाको ईतिहास; मान्छेको भन्दा भेडाको संख्या दोब्बर