MENU

अस्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाईटीको अध्यक्षमा आदर्श जंग पाण्डे

Adarsha Jung Pande newly elected president of Nepal Australia Friendship Society
Adarsha Jung Pande newly elected president of Nepal Australia Friendship Society

क्यानबेरा । राजधानी क्यानबेरामा रहेको नेपालीको पहिलो संस्था अस्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाईटी (ए एन एफ एस) को गएको शनिवार १७ अक्टाेबरमा भएको अधिवेसनेले नयाँ कार्यसमिति चयन गरेको छ । ए एन एफ एस को अध्यक्षको रुपमा आगामी दुई बर्षको लागि आदर्श जंग पाण्डे निवार्चित भएका छन् ।

यस्तै संस्थाको उपाध्यक्ष बिनोद घिमिरे, सचिव आशिष देबकोटा, कोषाध्यक्ष युवराज पौडेल, सह सचिव अमृत पौडेल र जन सम्पर्क अधिकृत मिनु राना चुनिएका छन् ।

यस्तै संस्थाको युवा तथा विद्यार्थी संयोजक निबिन पौडेल, साँस्कृतिक संयोजक सबिना शर्मा थापा, भाषा संयोजक महता घिमिरे चापागाई, इभेन्ट संयोजक जीवन कुमार घिमिरे र खेलकुद संयोजकमा सुदिप दाहाल निर्वाचित भएका छन् ।

संस्थाका चार जना कार्यसमिति सदस्यहरुमा बिवेक पौडेल, सुवर्ण कुमार, प्रतिभा श्रेष्ठ र शोभिया भण्डारी रहेका छन् । अध्यक्ष, सह सचिव र भाषा संयोजक पदमा निर्वाचन भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर डि डि कँडेलले निर्वाचन परिणाम घोषणा गर्दै नयाँ कार्यसमितिलाई कार्यसफलताको लागि शुभकामना दिएका थिए ।

कोभिडको कारण समाजिक दुरी कायम गर्नु पर्ने भएकोले आनलाई मार्फत बार्षिक साधारणसभा गरिएको निवर्तमान अध्यक्ष पुष्पा न्यौपानेले बताईन । न्यौपानेले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिएकी थिइन ।

यसैबीच नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै नव निर्वाचित अध्यक्ष आदर्श जंग पाण्डेले संस्थाको मुख्य उद्देश्य अनुरुप स्थानिय मुलधारका अस्ट्रेलियन र नेपाली समुदायबीचको पुलको रुपमा संस्थाले काम गर्ने बताए । पाण्डेले भने, “क्यानबेराका नेपाली खेलकुद संस्थाहरुबीच संयोजन र सहकार्य गर्ने, यहाँका नेपाली ब्यवसायिहरुको बिजनेस चेम्बर वा काउन्सिल बनाउने, क्यानबेरामा रहेका नेपाली युवा बिद्यार्थीहरुको नेतृत्व बिकासमा मद्दत गर्न कार्यशालाहरु गर्ने र क्यानबेरामा एन आर एन सँग मिलेर नेपाल फेस्टिभल गर्ने जस्ता कार्ययोजनाहरु रहेका छन् ।”

आज भन्दा ३८ बर्ष अघि सन् १९८२ मा नेपाललाई माया गर्ने क्यानबेराका स्थानिय अस्ट्रेलियन र यहाँ पढ्न आएका नेपाली विद्यार्थीहरुले संयुक्त रुपमा यो संस्था स्थापना गरेका थिए । संस्थाले नेपाली भाषा पाठशाला, नेपाली भाषाको रेडियो कार्यक्रम, नेपाली भाषा पढ्न चाहने स्थानियहरुका लागि कक्षा, चडपर्वक मनाउने र परोपकारी कार्यहरु गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस् ।

बेसाईड काउन्सिल आसपास बस्नुहुन्छ ? अब नेपाली पुस्तक पढ्न रकडेल लाईब्रेरी जानुहोस