MENU

एडिलेडको आकर्षण बढ्दै;  अध्ययन भन्छन् अस्ट्रेलियाकै सबैभन्दा बस्न लायक सहर 

Adelaide City South Australia Photo: Rishi Acharya, Source: Nepalese Australian
Adelaide City South Australia Photo: Rishi Acharya, Source: Nepalese Australian

 एडिलेड । अस्ट्रेलियाको सबैभन्दा बढी बस्न लायक सहर एडिलेड भएको एक अध्ययनले देखाएको छ ।  इपसाेस नामक संस्थाले राष्ट्रव्यापी रूपमा गरेको सर्वेक्षणले सेन्ट्रल एडिलेड र एडिलेड हिल्ललाई सर्वाधिक बढी बस्न लायक महानगरको रूपमा देखाएको हो ।

बस्नका लागि योग्य १६ तत्त्वहरू जस्तै सुरक्षा, सस्तो आवास तथा स्वास्थ्य सेवाहरूमा एडिलेडले औसतभन्दा बढी अङ्क प्राप्त गरेको हो । इपसाेसका सार्वजनिक मामिला निर्देशक स्टुआर्ट क्लार्कले मानिसहरूलाई उनीहरूको प्रतिक्रियालाई बिस्तृत गर्नका लागि नभनिए पनि एडिलेडले मुख्य तत्त्वहरूमा राम्रो गरेको बताए ।

“एडिलेड गत वर्ष शीर्ष १० स्थानमा पनि परेको थिएन त्यसैले तपाईँले अनुमान गर्न सक्नहुन्छ यो किन शीर्ष स्थानमा उक्लियो । किनभने मानिसहरूले अलि धेरै समय आफ्नो घर वरपर बिताउने गर्छन् र उनीहरू त्यसमा रमाउने गरेका छन्,” क्लार्कले भने ।

सिड्नीको सदर ल्यान्ड सायर दोस्रो स्थान तथा पर्थ तेस्रो स्थानमा रहेका छन् । यता एडिलेडको पश्चिमी, दक्षिणी र उत्तरी उपनगरहरू ४२ मध्ये भने १५ औ, १६ औ र २६ औ स्थानमा रहेका छन् । इपसाेसले लाइफ इन अस्ट्रेलिया प्रोजेक्ट अन्तर्गत वार्षिक रूपमा सो अध्ययन गर्दै आएको छ ।

उनका अनुसार जनवरीसम्म वातावरण प्राथमिक विषय थियो भने कोरोना भाइरसको महामारीपछि सो विषय पाँचौ स्थानमा झरो । जबकि रोजगारी, अर्थतन्त्र र स्वास्थ्य पहिलो देखि तेस्रो स्थानमा परेका छन् । त्यसैले मानिसको प्राथमिकतामा व्यापक परिवर्तन भएको छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलिया-नेपाल नियमित उडान अनिश्चित; तीन देशसँग उडान थाल्ने अस्ट्रेलियाको तयारी