MENU

अस्ट्रेलियाले निकाल्यो बिश्वको पहिलो ‘दान सिक्का’

Nepalese Australian
बिश्वको पहिलो दान सिक्का रोयल अस्ट्रेलियन मिन्टले निस्कासन गरेको छ । फोटो स्रोत फेसबुक

क्यानबेरा । तपाइले दानको लागि भनेर पक्कैपनि गोल्ड क्वाइन डोनेसन त गर्नु भएको होला ।  तर अब अस्ट्रेलियामा दान गर्नको लागि बिशेष सिक्का उपलब्ध हुने भएकाे छ ।

द रोयल अस्ट्रेलियन मिन्टले दन गर्नकै लागि भनेर बिश्वमै पहिलो पटक दान सिक्का “डोनेसन डलर” निस्कासन गरेको छ । अन्तराष्ट्रिय परोपकार दिवसको अवसर परेर पाँच सेप्टेम्बरमा द रोयल अस्ट्रेलियन मिन्टले सिक्का सार्वजनिक गरेको हो ।

एक डलर मुल्य रहेको २५ मिलियन सिक्का निस्कासन गरिएको द रोयल अस्ट्रेलियन मिन्टका कार्यकारि प्रमुख रोश म्याकडाईआर्मले संचार माध्यमहरुलाई बताए । म्याकडाईआर्मका अनुसार  अस्ट्रेलियाको प्रत्येक नागरिकको हातमा एक सिक्का पुर्याउने लक्ष्य रोयल अस्ट्रेलिया मिन्टले लिएको छ ।

कस्तो देखिन्छ दान सिक्का ?

विशेष रुपमा तयार गरिएको दान सिक्काको मध्य भागमा हरियो रङ रहेको छ । सुनौलो रङको यो सिक्कामा “गिभ टु हेल्प अदर्स” लेखिएको छ ।

परोपकारी कार्यमा सजिलै नागरिक सहभागि हुन सकुन भन्ने लक्ष्यले यो सिक्का निस्कासन गरिएको बताईएको छ ।

फोटो स्रोतः फेसबुक

अस्ट्रेलियन परोपकारी संस्थाहरु संकटमा पर्ने अनुमान

आर्थिक परामर्श कर्ता जे बी वएरले दिएको सुझाव अनुसार कोभिड १९ र गएको वर्षको बुस फायरको कारण अस्ट्रेलियन परोपकारी संस्थाहरुले अझै केही वर्ष सम्म दान संकलन गर्न संघर्ष गर्नु पर्ने छ ।

परोपकारी संस्थाहरुको आगामी दुई वर्ष सम्म १८ प्रतिसत कम अर्थ संकलन हुने छ । मिन्टले सार्वजनिक गरेको दान सिक्का नागरिकहरूले पक्कै पराेपकारी संस्थालाई दिने अनुमान गरिएकाे छ ।

सन्दीप पछि सुनम गौतमले पाउलान त अस्ट्रेलियाको बिग ब्यास खेल्ने मौका ?