MENU

नेपालबाट विद्यार्थी ल्याउने चाल्स डार्विन युनिभर्सिटीको योजना; नाम दर्ता गराउन आग्रह

डार्विन । अन्तर्राष्ट्रिय विद्यार्थीलाई ध्यानमा राख्दै चाल्स डार्विन युनिभर्सिटी (सिडियू) ग्लोबल टिमले नेपाली विद्यार्थीका लागि काठमाडौँ – डार्विन चार्टर्ड उडान गर्ने योजना बनाएको छ ।

आगामी वर्षको पहिलो सेमेस्टरको पढाईका लागि फेब्रुअरी २६ तारिखमा नेपालबाट चार्टर्ड उडान गरिने प्रारम्भिक तालिका बनाइएको छ । सो उडानबाट आएका सबै बिद्यार्थिहरुले फेब्रुअरी २७ तारिखमा डार्विनमा पुगेपछि मार्च १३ सम्म क्वारेनटाइनमा बस्नुपर्ने छ ।

विद्यार्थीहरूले मार्च १३ तारिखसम्म अनलाइन ओरियन्टेसन र पढाई गर्नुपर्नेछ भने मार्च १५ तारिख पछि क्याम्पसमै गएर पढ्ने सिडियू ग्लोबल टिमले जनाएको छ ।

सडियू ग्लोबल टिमका रिजनल मार्केटिङ म्यानेजर गिरीश एरद्वारा जारी पत्रचारमा भनिएको छ, ” सो उडानबाट आउन चाहाने इच्छुक विद्यार्थीहरूले नोभेम्बर १७ सम्ममा आफ्नो नाम दर्ता गराउनु ।”

डार्विन स्थिति रजिस्टर्ड माइग्रेसन एजेन्ट शम्भु कडेले भने ”अन्तर्राष्ट्रिय सीमा बन्द भएकै अवस्थामा विश्वविद्यालयले नेपाली विद्यार्थीलाई प्राथमिकता दिनु स्वागत योग्य कुरा हो । तर, अस्ट्रेलिया आउनुअघि विद्यार्थीहरू आर्थिक तथा मानिसक रुपमा तयारी हुनुपर्छ ।” यदि चार्टर्ड उडानबाट डार्विन आएका विद्यार्थीहरूलाई कुनै पनि प्रकारको समस्या परे सहयोग गर्ने पनि कंडेलले बताए ।

विश्वबिद्यालयले आफूसँग आबद्ध शैक्षिक परामर्श एजेन्सीहरुलाई पत्र लेखेर नेपालबाट अस्ट्रेलिया आउन चहने विद्यार्थीको संख्या दिन आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस् ।

पाँचवटा तस्विरमा हेर्नुहोस् सिड्नीको ओपेरा हाउसमा गरिएको दिपावली

अस्ट्रेलिया-नेपाल नियमित उडान अनिश्चित; तीन देशसँग उडान थाल्ने अस्ट्रेलियाको तयारी