MENU

नेपाली सोसाइटी अफ तस्मानियाकाे आयोजनामा दशैँ कप हुने

नेपाली सोसाइटी अफ तास्मानियाले दशै कपको आयोजना गर्ने भएको छ ।

नेपाली सोसाइटी अफ तास्मानियाले नेपालीहरुको महान चाँड बडादशैँको अवसर पारेर नेप्लिज तास्मानिया स्पोर्टस एसोसेशन र अष्ट्रेलिया नेप्लिज फुटबल एसोसेशनको सहयोगमा दुई दिने फुटबल प्रत्योगिताको आयोजना गरेको हो ।

अक्टोबर ९ र १० तारिख केजिभी फुटबल ग्राण्ड गेलेनोरेचीमा हुने फुटबल प्रतियोगिता जित्नेले १५ सय अष्ट्रेलियन डलर र ट्रफि, दोस्रो हुनेले एक हजार अष्ट्रेलियन डलर र ट्रफि र तेस्रो हुनेले ५ सय अष्ट्रेलियन डलर र ट्रफि पाउने आयोजक संस्थाका अध्यक्षा खगेन्द्र सत्यालले बताए ।

प्रत्योगितामा ७ ओटा टिमले सहभागीता जनाउने छन् । महिला टुर्नामेन्ट कर्पोरेट कप पनि राखेको आयोजकले जनाएको छ । दशैँ कपलाई लिएर यहाँका सबै जना उत्साहित भएका छन् ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा