MENU

न्यू साउथ वेल्सका संघिय सिनेटरले दिए अस्ट्र्रेलियामा रहेका नेपालीहरुलाई दशैंको शुभकामना

Dashain wishes from Senator Andrew Bragg, the co chair of Australia Nepal Parliamentary Friendship Group
Dashain wishes from Senator Andrew Bragg, the co chair of Australia Nepal Parliamentary Friendship Group

सिड्नी । न्यूसाउथ वेल्सका सिनेटर तथा  अस्ट्रेलिया नेपाल पार्लिमेन्ट्रि फ्रेण्डसिप ग्रुपका सह –अध्यक्ष एन्ड्रयू ब्रागले बडादशैंको उपलक्क्षमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना दिएका छन् ।

उनले एक भिडियो माफर्त नेपाली समूदायले मनाउने दशैमा आफूहरुले पनि साथ दिने बताए ।

अस्ट्रेलियामा नेपाली समूदायले महामारीको समयमा ठूलो योगदान पुर्याएको भन्दै उनले प्रशंसा समेत गरे ।

सिनेटरको दशै शुभकामना भिडियो संदेश संघिय चुनावमा न्यु साउथ वेल्सको ब्याङ्स चुनाव क्षेत्रका उम्मेद्धवार प्रमेज श्रेष्ठको समाजिक संजलमार्फत सार्वजनिक भएको थियो ।

भिडियो  हेर्नुहाेस् ।

के हो अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह ?

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह पहिलो पटक जुन २२ सन् २००९ मा स्थापना भएको हो । तत्कालिन अस्ट्रलियास्थित नेपाली राजदुत योगेन्द् ढकालको पहलमा स्थापना भएको यो समुहमा सिनेटर, मेम्बर अफ पार्लियामेन्ट र सक्रेटरी गरी ३२ जना सदस्यहरु रहने ब्यवस्था थियो ।

समुहमा सत्ता पक्षिय लिवरल पार्टी, प्रतिपक्षि लेबर पार्टी, ग्रिन्स र नेशनल पार्टीका समेत प्रभावशाली सांसद र सिनेटरहरु रहेका थिए । निरन्तरको कुटनीतिक प्रयासपछि अस्ट्रलियन पार्लियामेन्टमा यो समुह स्थपना गर्न सफल भएको थियो ।

समुहले नेपालमा हुने ठुला ठुला राजनीतिक परिवर्तन, भुकम्प, बाढी, पहिराे, भोकमरी जस्ता प्राकृतिक प्रकोप र वैदेशिक हस्तक्षेप हुँदा अष्टेलियन पार्लियामेन्टको नेपाल संसदिय मैत्री समुहले तत्कालै सहयोगकालागि निर्णय गर्ने छ ।

अस्ट्रलिय एशिया प्रशान्त क्षेत्रको शक्तिशाली देश भएकाले यहाँ नेपाल संसदिय मैत्री समुह स्थापना हुनुले क्षेत्रिय स्तरमा नेपालाको कुटनितिक सम्बन्ध मजबुत बनाउन मद्दत गर्दछ ।

अस्ट्रेलिया नेपाल संसदिय मैत्री समुह सक्रिय हुने