MENU

न्यु साउथ वेल्समा एकै दिन दुई सय ३९ जना संक्रमितः प्रतिबन्धहरूमा थप कडाई

Greater Sydney restrictionsसिड्नी । न्यु साउथ वेल्स राज्यमा बिहिवार कोरोना भाइरसको दुई सय ३९ जना स्थानिय संक्रमितहरु थपिएका छन् । कोरोना भाइरसको संक्रमणको पछिल्लो लहर शुरु भएपछि देखिएको यो सबैभन्दा ठूलो संक्रमितको संख्या हो ।

बिहिवार बिहानको नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले बिगतको २४ घण्टामा राज्यमा एक लाख १० हजार भन्दाबढी जनाले कोरोनाको परिक्षण गरेको जानकारी दिएकी थिइन ।

साथै प्रिमियरले समुदायमा संक्रमण कम गर्न डेल्टा भेरिएन्टको बढी प्रभावित क्षेत्र लगाएतको भागहरुमा प्रतिबन्धहरुमा थप कडाई गरिने जानकारी दिएका थिए ।

प्रतिबन्धहरूमा थप कडाई

ग्रेटर सिड्नीका आठवटा स्थानिय निकाय क्याम्बेलटाउन, क्यान्टबरी – ब्याङ्क्सटाउन, प्यारामाटा, कम्बरल्यान्ड, फेयरफिल्ड, ब्ल्याकटाउन, लिभरपूल र जोर्जेस रिभर काउन्सिल क्षेत्रमा प्रतिबन्धहरुमा थप कडाई गरिएको छ ।

थप गरिएका प्रतिबन्धहरुमा स्थानिय बासिन्दाहरु आफ्नो घरभन्दा पाँच किलोमिटर भन्दा पर जान पाईदैन । केहि अत्याबश्यक र आपतकालिन अवस्थामा भने यो नियम लागुहुने छैन ।

यि काउन्सिलहरुमा घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा माक्स लगाउनु पर्नेछ । प्रिमियरका अनुसार उचित कारण बिना माक्स नलगाई बाहिर हिडेको पाइएमा दुई सय देखि पाँच सय सम्म जरिमाना तिर्नु पर्नेछ ।

जनस्वास्थ्य सम्बन्धी राज्य सरकारको आदेशरुलाई कार्यान्वयन गर्न प्रहरीलाई अतिरिक्त अधिकार दिइएको पत्रकार सम्मेलनमा प्रिमियरले बताएकी थिइन ।

राज्यमा कोरोना भाइरसको पछिल्लो लहरका कारण बुधवार मात्र दुई जनाको निधन भएको छ । थप जानकरीको लागि न्यु साउथ वेल्स राज्यको वेभसाइटमा जानुहोला ।

याे पनि पढ्नुहाेस् ।

जनगणनाको बारेमा तपाईंले के जान्न जरुरी छ?