MENU

स्वास्थ्य समस्याका कारण जापानी प्रधानमन्त्री सिन्जो आबेले दिए राजिनामा

Nepalese Australian
Shinzo Abe resigns as Japanese prime minister
Shinzo Abe resigns as Japanese prime minister

एजेन्सी। जापानका प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिएका छन् । उनले शुक्रबार २८ अगष्टका दिन आयोजित पत्रकार सम्मेलन मार्फत् राजिनामा घोषणा गरेका हुन् ।

उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित रहेको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ । जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले गत साता दुईवटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए ।

६५ वर्षीय सिन्जो आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको र आठ वर्षसम्म आफूलाई यो रोगले कुनै समस्या नदिए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताएका थिए ।

“मलाई नियमित रूपमा औषधि दिइरहनु पर्दछ, त्यसैले म अहिले उपचारमा ध्यान केन्द्रित गरिरहेको छु । त्यसकारण मैले प्रधानमन्त्रीका रूपमा काम नगर्ने निर्णय गरेको छु । मैले राजिनामा दिने निर्णय गरेको छु ।” प्रधानमन्त्री आबेले पत्रकार सम्मेलनमा भनेका थिए ।

जनमतको कदर गर्दै राजिनामा दिएको पनि आबेले पत्रकार सम्मलेनमा स्पष्ट पार्दै आबेल नयाँ प्रधानमन्त्री नियुक्ति हुने बेलासम्म पदमैँ रहने पनि बताएका छन् ।

जापानी जनतासँग माफी माग्दै प्रधानमन्त्री आबेले कोरोना महामारीको समयमा सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा हुनुपर्नेमा आफ्नो स्वास्थ्यलाई ध्यान केन्द्रित गर्नुपरेको पनि बताएका छन् ।

सिन्जो आबे सन् २००६ मा प्रथमपटक प्रधानमन्त्री चुनिएका थिए । त्यसको एक वर्षपछि सोही स्वास्थ्य समस्याका कारण उनले राजिनामा दिएका थिए । त्यसपछि सन् डिसेम्बर २६, सन् २०१२ मा उनले पुनः प्रधानमन्त्री पद सम्हालेका थिए ।

विगत आठ वर्षको कार्यकालमा प्रधानमन्त्री सिन्जो आबेले नयाँ हतियार र सैन्य बलका साथ देशको रक्षा स्थितिलाई सुदृढ पार्दै जापानी सैनिकलाई देशभन्दा बाहिरसम्म तैनाथ गर्न कदम समेत चालेका थिए । सथै लामाे सयम पछि  स्थिर सरकार संचलनको जस पनि आबे पाएका छन् ।

Australian Minister Scott Morrison and Shinzo Abe Prime Minister of Japan at Darwin NT Photo Source: Facebook/Minister Scott Morrison

प्रधानमन्त्री मोरिसनले भने– आबे अस्ट्रेलियाका असल मित्र

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सिन्जो आबेको तारिफ गर्दै उनको नेतृत्व, बिद्वता तथा भिजनको तारिफ गरेका छन् ।मोरिसनले आबेले शान्ति, स्वतन्त्रता तथा समृद्धिको क्षेत्रमा बिश्वमा सह्राहनीय काम गरेको समेत उल्लेख गरेका छन् ।

“अस्ट्रेलिया र जापानबीच यति नजिकको मित्रता र सम्बन्ध सिन्जो आबेको बिनम्रतापूर्ण र इमानदार नेतृत्वको कारण सम्भव भएको हो । मैले जापानको बमबारीले गर्दा मारिएकाको स्मरणमा स्थापित डार्विनको स्मारकमा हामी दुवैले माल्यार्पण गरेको क्षणलाई बिर्सन सक्दिनँ । यसकालाई शक्ति र शालिनता दुवैको आवश्यकता थियो ।” मोरिसनले भनेका छन् ।

आबेको राजिनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबट बेलायत सरकारको जागिरे