MENU

भिक्टोरियामा भर्चुअल तिहार (फाेटाे फिचर)

Nepalese Association of Victoria has celebrate Dipawali & Mha Puja with all Victorian Nepalese Community
Nepalese Association of Victoria has celebrated Dipawali & Mha Puja with all Victorian Nepalese Community

मेलबर्न । दीपावली तथा म्ह :पुजा को अवसरमा आइतबार नोभेम्बर १५ तारिख नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले भर्चुअल प्रविधिबाट भए पनि दोस्रो ठुलो चाड तिहार मनायो । न्याभले अनलाइनमा देउसी भैलो तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

तिहारमा गरिने सबै संस्कारहरूको झलक देखाएर नयाँ पुस्तालाई केन्द्रित गरी कसरी आफ्नो परम्परा र संस्कार हस्तान्तरण गर्न सकिन्छ ? भन्नेमा नै बढी जोड दिएर भर्चुअल माध्यमबाट भए पनि तिहार मनाइएको न्याभका अध्यक्ष राम गुरुङले बताए ।

Nepalese Association of Victoria has celebrated Dipawali & Mha Puja with all Victorian Nepalese Community

सो कार्यक्रमको सञ्चालन न्याभकी महिला उपाध्यक्ष सुश्री ललिसा थापाले गरेकी थिइन भने कार्यक्रमको अध्यक्षता राम गुरुङले गरेका थिए । कार्यक्रमको उद्घाटन संस्थाका उपाध्यक्ष प्रेमराज उप्रेतीले गरेका थिए ।

शुभकामना मन्तव्य कोषाध्यक्ष डाक्टर  एकिन्द्र तिमिल्सेना र कार्यक्रमको कोअर्डिनेटर संस्थाकी सहसचिव तथा कल्चरल कोअर्डिनेटर सुश्री पुनम गुरुङले गरेकी थिइन ।

Nepalese Association of Victoria has celebrated Dipawali & Mha Puja with all Victorian Nepalese Community

साथै न्याभकी कल्चरल कोरियोग्रफर जेनी गुरुङ लगायत कलाकारको टिमले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

कार्यक्रममा दशैं बकतृत्वकलाका कोअर्डिनेटर कृष्ण चालिसेलाई बक्तृत्वकला अत्यधिक सफल बनाउनु भएकोमा सम्मान गरिईएको थियो ।

अन्त्यमा कलाकारहरूलाई प्रमाणपत्रले सम्मान गरिईएको थियो ।

Nepalese Association of Victoria has celebrated Dipawali & Mha Puja with all Victorian Nepalese Community

याे पनि पढ्नुहाेस् । 

रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)