MENU

दुधे बच्चा छाडेर, नेपाली नर्सहरु भिड्दैछन भिक्टोरियामा

Chhatra Shankar
Editor at Nepalese Australian

Nepalese Nurse Working in frontline in Victoria

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कार्यरत एक हजार भन्दाबढी स्वास्थ्यकर्मीहरु कोरोना भइरसको र्सक्रमणमा परेका छन् । राज्यमा कोराना भाइरस नियन्त्रण र संक्रमित बिरामीको उपचारका लागि फ्रन्टलाइनमा खटिरहदा उनीहरु भाइरसबाट संक्रमित भएका हुन् ।

एक हप्ता अघिको तथ्याङ्क अनुसार राज्यमा एक सय ४६ जना नेपालीहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । संक्रमित नेपालीहरुमा बिशेषगरी एज केयर होमहरुमा कामगर्ने स्वास्थ्यकर्मी रहेका छन् ।

रेनु श्रेष्ठ विगत दुईबर्षदेखि मेलबर्नको नदर्न क्षेत्रको अस्पतालमा कार्यरत रजिष्र्टर्ड नर्स हुन । उनको घरमा १८ महिनाको बच्चा छ । उनी कोभिड महामारीका बीच दैनिक अस्पताल डियूटीमा जान्छिन् । हुन त उनले बार्षिक तथा बिरामी विदा लिएर बच्चाको हेरचहारका लागि घरमै बस्नपनि सक्थिन ।

तर, रेनु भन्छिन “परिवार पहिलो प्रथामिकता भएपनि यो महामारीको बीचमा हामीले बिरामीको सेवागर्नु हाम्रो पेशागत धर्म हो ।

रेनु श्रेष्ठ

त्यसैले अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण जस्तै सर्जिकल मास्क, ग्लब्स, चश्मा एप्रोन तथा फेस कभर (पीपीई)कासाथ हामी नर्सहरु संक्रमणको जोखिमबाट बच्दै बिरामीको सेवा गरिरहेका छौ ।”

पीपीई राम्रोसंग प्रयोग ग¥यो भने हेल्थ केयर वर्करहरु संक्रमणबाट बच्नसक्ने रेनुको अनुभव छ । भिक्टोरियामा कोभिड संक्रमण बढेसँगै कतिपय बच्चाहुने नेपाली नर्सहरुले त बच्चासँग रमाउन नपाएको धेरै भइसकेको छ । बच्चालाई कोभिड संक्रमणको डरले उनीहरु अन्यत्रै बसेर भएपनि डियूटीलाई निरन्तरता दिएका छन् ।

ज्योति सिंमखडा बिगत पाँच बर्षदेखि मेलबर्नकै वेस्टर्न हेल्थ फुट्स्क्रे र सनसाईन अस्पतालमा कार्यरत नेपाली नर्स हुन् । उनको दैनिकी पनि रेनुको जस्तै छ । बिहान सवेर देखिराती अबेरसम्म बिरामीको सेवागर्नु उनको दैनिकीनै हो । तर, कोरोनाभाइरस महामारीका बीच बिरामीको सेवामा उच्च मनोवालका साथ भिड्ने नर्स हुन ज्योती ।

ज्योति सिंमखडा

उनको पनि घरमा स–सना बच्चाहरुछन । तर, पेशाले नर्स हो त्यसैले यस्तो बेलामा नगरे कहिले गर्ने ज्योति भन्छिन, “हामी नर्सहरुका लागि महामारीमा कसरी कामगर्ने भन्ने यो बेला त अवसर हो । समाचारमा सुनेजस्तो त्यति आतंकीत छैनन, राज्यका सवै सिस्टमहरुले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अहोरात्र काम गरिरहेका छन् ।

अस्पतालहरुले कोभिड सेफका लागि उच्च सर्तकता अपनाएका छ । अस्पताल कर्मचारीका लागि त झन स्पेशल प्रिकसननै छ । त्यसैले हामीले सुरक्षित महसुस गरेका छौ । हामीलाई केही चुनौती छ नै तर कोभिड संक्रमितको उपचार गर्नु हाम्रो पहिलो कर्तब्य हो ।”

गणेश कंडेल मेलबर्नकै एक नर्सिक होमका युनिट म्यानेजर हुन । अहिले मेलबर्नका एक सय २२ भन्दाबढी नर्सिड होमहरुमा कोभिड संक्रमण भएको छ ।

गणेश कंडेल

यही संक्रमणको त्रासका बीच काम गरिरहेका गणेश आफ्नो पेशाप्रति एकरत्ती पनि मनोबल गिराएका छैनन् । गणेशका पनि घरमा बच्चाहरुछन् तैपनि उनी डियूटीमा अहोरात्र खटिरहेका हुन्छन् ।

गणेश भन्छन, कोभिड रोकथामका लागि सबै उपाय अपनाएका छौ तैपनि संक्रमणको जोखिम भने एजकेयरमा बढ्दो छ । प्यालेटिभ केयर तथा अत्यावश्यक बिरामीहरुका परिवारलाई मात्र एजकेयर भित्र छिर्न अनुमति छ प्रिकसन सहित, एजकेयर लकडाउनमा छन् ।

 “अस्पताल तथा नर्सिङ होममा काम गर्दै हुनहुन्छ भने कहिले पनि युर्निफम घर लगाएर नजानु होला, संक्रमित बिरामीको उपचारमा संलग्न हुनुहुन्छ र तपाँईमा कुनै डर त्रास छ भने आफ्नो समस्या साथीहरुसँग सुनाउनु होस, मेनेजमेण्टसंग पनि कुरा गर्नुहोस । बिरामीका परिवारसँग सधै सम्पर्कमा रहनुहोस । यदी तपाई नर्सहरुमा यो महामारीका बेला आफूलाई परेको समस्या आफैमात्र राख्नुभयो भने डिप्रेसन तथा तनावको समस्या आउन सक्छ । त्यसैले आफ्ना समस्याहरु एक अर्कोमा शेयर गरौं ।”

परिवारको र आफ्नो सुरक्षा कसरी गर्ने ?

ज्योतिको पनि घरमा स–सना बच्चाहरु छन् । अस्पतालमा उनी पूरै प्रोटेशनका साथ काम गरेपनि परिवारको प्रोटेसन कसरी गर्ने भन्नेबारेमा त्यतिकै सचेत छिन् । ज्योति भन्छिन,  “बुबाआमा सुर्ताउनु भएको छ । उहाँहरुलाई पनि नआक्तिनु भनेको छु । हाम्रो पेशानै बिरामीको हेरचहार तथा उपचार गर्ने भएकाले हामीलाई त्यस्तो कुनै डर छैन र आफन्तहरुले पनि चिन्ता नलिनुहोला भनेर सम्झाएको छ ।”

काममा प्रयोग भएको गाडीमा बच्चाहरुलाई नराख्ने, डियूटीमा प्रयोग गर्ने ब्याग गाडीमै राख्ने, सम्भव भएसम्म काममै नुहाएर आउने घर आएपछि पनि सेनिटाईजर प्रयोग गर्ने त्यसपछि मात्र घरायसीकाम गर्ने घर बाहिर प्रिकसन अपनाउने हो भने घर भित्र र बाहिर संक्रमणको जेखिम कम हुने ज्योति बताउछिन् ।

नर्सहरुको लागि सेल्फ केयर महत्वपूर्ण

भिक्टोरियाको कोरोना भइरस नियन्त्रण तथा उपचारमा फ्रन्टलाइनमा खड्ने नेपाली नर्सहरुलाई रेनु श्रेष्ठको सुझाव यस्तो छ, “अस्पताल तथा नर्सिङ होममा काम गर्दै हुनहुन्छ भने कहिले पनि युर्निफम घर लगाएर नजानु होला, संक्रमित बिरामीको उपचारमा संलग्न हुनुहुन्छ र तपाँईमा कुनै डर त्रास छ भने आफ्नो समस्या साथीहरुसँग सुनाउनु होस, मेनेजमेण्टसंग पनि कुरा गर्नुहोस । बिरामीका परिवारसँग सधै सम्पर्कमा रहनुहोस । यदी तपाई नर्सहरुमा यो महामारीका बेला आफूलाई परेको समस्या आफैमात्र राख्नुभयो भने डिप्रेसन तथा तनावको समस्या आउन सक्छ । त्यसैले आफ्ना समस्याहरु एक अर्कोमा शेयर गरौं ।”

सात÷आठ घण्टाको अवधिभर हामीले पीपीई चेन्ज गर्दै काम गरिहेका हुन्छौ । संक्रमित बिरामीहरु दैनिक आउछन् तर उनीहरुलाई सिधै कोभिड वार्डमा लगिन्छ । संक्रमित बिरामी अस्पतालमा आउँदा संक्रमणबाट कसरी बच्चने भन्ने बारेमा अस्पतालहरु पूर्ण तयारी अवस्थामा छन् ।

एज केयरमा उच्च जोखिम

भिक्टोरियाका एज केयरका रेसिडेन्ट र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र अन्य सहयोगि कार्मचारिहरु अहिले कोरोना भाइरसको उच्च जोखिममा छन् ।

कडेल भन्छन्, “यो महामारीको समयमा सवै जिम्मेवार बन्नुपर्छ । एजकेयरमा कामगर्ने स्टाफहरुले कोभिडको कुनै लक्षण भएको शंका लागेमा काममा आउनु हुँदैन तर कतिपय स्टाफहरु आफू बिसन्चो हुँदा हुँदै पनि काममा आउन गरेका छन् ।”

काममा पीपीई तथा प्रिकसन अपनाउने, सेनिटाईजर तथा हाईजिनमेन्टेन गर्ने, कोभिड नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन तथा राज्य सरकारका नियम पालना गरियो भने मात्र संक्रमणको जोखिम कम हुने कडेलको बुझाई छ ।

जनहितमा जारी ः

Metropolitan Melbourne residents are subject to Stage 4 restrictions and must comply with a curfew between the hours of 8pm and 5am.

During the curfew, people in Melbourne can only leave their house for work, and essential health, care or safety reasons.

Between 5am and 8pm, people in Melbourne can leave the home for exercise, to shop for necessary goods and services, for work, for health care, or to care for a sick or elderly relative.

The full list of restrictions can be found here. All Victorians must wear a face covering when they leave home, no matter where they live.

People in Australia must stay at least 1.5 metres away from others. Check your state’s restrictions on gathering limits.

If you are experiencing cold or flu symptoms, stay home and arrange a test by calling your doctor or contact the Coronavirus Health Information Hotline on 1800 020 080.

If your are Nepali community member You can also call the Dedicated HELPLINE 1800 413 667 or email us at [email protected] 

याे पनि पढ्नुहाेस् ।

भिक्टोरियाकाे नेपाली समुदायमा कसरी फैलियाे कोराेना भाइरस

अस्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको निधन