MENU

न्यु साउथ वेल्सका डेप्युटी प्रिमियरद्धारा राजिनामा

New South Wales Deputy Premier John Barilaro
सिड्नी । न्यु साउथ वेल्सका डेप्युटी प्रिमियर जोन बारलारोले पदबाट राजिनामा दिएका छन् ।

सोमबार बिहान पत्रकार सम्मेलन गरेर बारलारोले राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गरेका थिए ।

“एक आप्रवासीको सन्तान भएको आधारमा मलाई समाजिक संजाल मार्फत निकै नीच देखाउन खोजियो र नस्लवादी बिभेदहरुपनि म माथि भए ।” बारलारेले भने, “म चाँडै पचास बर्ष पुदैछु, यो मिडिल लाइफ क्राइसिस पनि होला, म राजनीतिबाट टाढा रहेर परिवार सँगै अबको समय बिताउँछु ।”

न्यु साउथ वेल्का नेसनल पार्टीका नेता र रिजनाल क्षेत्रबाट चुनाब जितेका बारलारो माथि मानहानीको मुद्द चहिरहेको छ । न्यु साउथ वेल्समा बुस फायर पछि भएको रिकभरी कार्यक्रममा रैथाने लोपउन्मुख जनाबर क्वावाल संरक्षणको लागि तयार गरिएको कार्यक्रमका कारण उनी बिवादमा तानिएका थिए । जसको कारण उनी एक हप्ता सम्मा मानसिक रोगको कारण बिदामा बसेका थिए ।

एकै हप्ता न्यु साउथ वेल्समा तिन साम्सदद्धार राजिनामा

न्यु साउथ वेल्समा एकै हप्ता तिन जना साम्सदहरुले राजिनामा दिएका छन् । प्रिमियर ग्लेडिस बेरेजिक्लियन, डेप्युटी प्रिमियर जोन बारलारो र यातायात मन्त्री एन्ड्रयू कन्सटेन्सले राजिनामा दिएका हुन् ।

यो राजिनमा सँगै करिब डेढ बर्ष कार्यकाल रहेको न्यु साउथ वेल्सको संसदमा मध्यावदी चुनाबको सम्भाबना बढेको छ ।

याे पनि पढ्नुहाेस् ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लियनद्धारा राजिनामा