बिगत २४ घण्टामा बोन्डाइ क्लस्टरमा १६ नयाँ सङ्क्रमित थपिएपछि न्यु साउथ वेल्स राज्य प्रिमियर ग्लेडिस बेरेजिक्लियनले नयाँ प्रतिबन्ध सार्वजनिक गरेकी हुन् ।
यो प्रतिबन्ध रज्यको ग्रेटर सिड्नी, सेन्ट्रल कोष्ट,वलङगन,ब्लु माउन्टेन क्षेत्रमा लागु हुने गरी बुधवार साँझ चार बजे देखि लागु हुनेछ ।
पछिल्लो समय बोन्डाईबाट सुरु भएको सङ्क्रमणको संख्य बिस्तार भएर अहिले सम्म ३१ जनामा पुगिसकेको छ ।
बुधवार नियमित पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्सकी प्रिमीयर बेरीजिक्लयनले भनिन् “कोभिड–१९ को अत्यन्तै सक्रमणदर रहेको भेरीयन्टबाट फैलावटलाई सीमित पार्न सरकारले नयाँ कदम चाल्ने छ ।”
बेरीजिक्लयनले लकडाउनको सम्भावनालाई इन्कार नगरे पनि हालको सार्वजनिक स्वास्थ्य उपायहरूमा विश्वास व्यक्त गरेकी छन् ।
“स्वास्थ्य आदेशको पूर्ण पालना गरे प्रकोपलाई दबाउने राम्रो अवसर हुनेछ” बेरीजिक्लियनले भनिन् ।
बुधवार साँझबाट लागुहुने प्रतिबन्धहरू
याे पनि पढ्नुहाेस् ।
आप्रवासीहरू अस्ट्रेलिया छाड्दै ; जनसंख्या वृद्धिदर १५ वर्षयताकै कम