MENU

न्यु साउथ वेल्समा बुधबार २२ जना नयाँ संक्रमित थपिए

NSW has recorded 22 new locally acquired COVID-19 cases on Wednesday in the 24 hours to 8:00 pm

सिड्नी । न्यु साउथ वेल्स राज्यमा बुधबार २२ जना नयाँ संक्रमित थपिएका छन् ।

बिहान ११ बजेको नियमित पत्रकार सम्मेलनमा बोल्दै राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनल २२ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी हुन् ।

गएको २४ घण्टामा ६८ हजार दुई सय २० जनाले कोरोना भाइरसको परिक्षण गरेका थिए ।

राज्यको होटल क्वारेन्टिनमा रहेका ६ जना अन्राष्ट्रिय अगन्तुकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ ।

यसैबीच न्य साउथ वेल्स प्रहरीले लकडाउन क्षेत्रबाट रिजनाल क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ । स्वास्थ्य सम्बन्धी प्रतिबन्धको बेवास्ता गरेर रिजनाल क्षेत्रमा यात्रा गर्नेलाई जरिवा सहित फिर्ता पठाउने प्रहरीले जनाएको छ ।

ग्रेटर सिड्नी, वोलोन्गोङ, ब्लुमाउन्टेन र सेन्ट्रल कोस्टमा दुई हप्ता लकडाउन